अटोमेकर कम्पनी रेनल्टको व्यापार खस्किँदै गएपछि आम्दानीमा धक्का

0
Shares

फे्रन्च अटोमेकर कम्पनी रेनल्टको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा भारी मात्राले घटेको छ ।

गत वर्षको तुलनामा सन् २०२२ मा विश्वव्यापी रुपमा रेनल्टको सेल्स १५ प्रतिशतले घटेको छ । व्यापार खस्किँदै गएपछि कम्पनीको आम्दानीमा धक्का लागेको हो।

कम्पनीले रुस बाहेकका अन्य देशहरुमा सन् २०२२मा १४ लाख ६६ हजार ७२९ कारहरुको बिक्री गर्न सफल भएको हो ।

कोभिड महामारीका कारण सिर्जित चीप अभावले कोभिड–१९ संक्रमणका वर्षमा कम्पनीको बिक्री दरमा कमी आएको थियो । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि चीप अभावको समस्या यथावत् रहँदा कम्पनीको बिक्रीमा कमी आएको हो ।

रेनल्ट ब्रान्डनामबाट नै कम्पनीले युरोपमा विद्युतीय कारहरुको उत्पादन तथा बिक्री सुरु गरेको छ । टेस्ला र टोयोटापछि युरोपको तेस्रो शीर्ष अटोमेकर कम्पनीहरुको स्थानमा रेनल्ट रहेको छ । तथापि व्यापारमा कमी आउँदै गएपछि रेनल्टको विश्वव्यापी बजार गत वर्षको तुलनामा ४ प्रतिशतले खुम्चिएको छ ।

कारहरुको सेल्स फ्रान्समा १५ प्रतिशत, ब्राजिल र जर्मनीमा २५ प्रतिशतले खस्किएको छ । युरोपमा मन्दीको सम्भावना बढ्दै गएपछि मानिसहरुले खर्च कटौती गरिरहेका छन् । जसकारण पनि कारहरुको मागमा कमी आएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।