मंसिर महिनामा वालेटबाट मात्रै १७ अर्ब ७३ करोड भुक्तानी

0
Shares

एकै महिनामा वालेटबाट १७ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी भएको छ ।

नेपालमा खुलेका विभिन्न वालेट कम्पनीको सुविधा प्रयोग गरी सेवाग्राहीले चालु आर्थिक बर्ष २०७९/८० को पहिलो मंसिर महिना मात्रै ६८ लाख ९२ हजार ९२५ पटकको कारोबारमा सो रकम भुक्तानी गरेका हुन् ।

तर, यो रकम गत आवको सोही अवधिको तुलनामा १४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा १५ अर्ब ५२ करोड रुपैयाँ वालेटबाट भुक्तानी गरेका थिए ।

त्यस्तै, कार्तिक महिनामा १७ अर्ब ७२ करोड रुपैयाँ वालेटबाट भुक्तानी भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा २३ प्रतिशतले बढी हो । असोज महिनामा भने १६ अर्ब ५८ करोड रुपैयाँ भुक्तानी भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ९ प्रतिशतले बढी हो ।

नेपालमा इसेवा, खल्ती, आइएमईपे, खल्ती, प्रभु लगायतका वालेट सेवा सञ्चालनमा छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।