बीस वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, ७ बैंकको नाफा घट्यो, ४ बैंकको ५०% धेरै बढ्यो

0
Shares

सञ्चालनमा रहेका २२ वाणिज्य बैंकहरुमध्ये २० बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका २० बैंकमध्ये ७ बैंकको नाफा अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा खुद नाफा घटेको छ ।

यस्तै अन्य चार बैंकले ५० प्रतिशतभन्दा धेरैले नाफा बढाएका छन् । कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले भने वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ ।

समीक्षा अवधिमा १३ वाणिज्य बैंकले नाफा बढाएका छन् । जसमा सबैभन्दा धेरै एभरेष्ट बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा ८९ प्रतिशतले नाफा बढाएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६१, नबिल बैंकले ५६ प्रतिशत र नेपाल एसबिआई बैंकको खुद नाफा ५० प्रतिशतभन्दा धेरैले बढेको छ ।

समीक्षा अवधिमा कृषि विकास बैंकको खुद नाफा सर्वाधिक १०९ प्रतिशतले घटेको छ । बैंक चालु आवको ६ महिना अवधिमा करिब १३ करोड रुपैयाँ नोक्सानीमा पुगेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार २ अर्ब १७ करोड रुपैयाँ सम्भावित कर्जा नोक्सानी वापत व्यवस्था गरेपछि बैंकको नाफा ऋणात्मक हुन पुगेको हो ।

चालु आवको ६ महिना अवधिमा अन्य ६ वाणिज्य बैंकहरुको नाफा पनि घटेको छ । यस अवधिमा सिटिजन्स बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, सनराइज बैंक, प्रभु बैंक र प्राइम कमर्सियल बैंकको पनि नाफा घटेको छ । कोभिड–१९ संक्रमणका कारण बैंक तथा वित्तीय संस्थाहरुको प्रवाहित कर्जा असुलीमा सहजता नभई खराब कर्जा बढेको छ । यसरी खराब कर्जा बढेपछि जोखिम व्यवस्थापन बढ्दा बैंकहरुको नाफा प्रभावित भएको हो ।

वित्तीय विवरण सार्वजनिक गरेका कृषि विकास बैंक बाहेक अन्य १९ बैंकले ३० अर्ब २६ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । ती १९ बैंकले गत आवको सोही अवधिमा २५ अर्ब ६६ करोड नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा १७.९५ प्रतिशत खुद नाफा वृद्धि भएको छ । अघिल्लो आवको ६ महिनामा १ अर्ब ४२ करोड २५ लाख खुद नाफा आर्जन गरेको कृषि विकास बैंकको सम्भावित कर्जा नोक्सनी बढ्दा १३ करोड नोक्सानीमा पुगेको छ ।

S.N. Commercial Banks Net Profit 
2079 Poush 2078 Poush Change%
1 Everest Bank Limited 1588003.00 838920.00 89.29
2 Standard Chartered Bank Limited 1753635.00 1086770.00 61.36
3 Nabil Bank Limited 3417698.00 2181420.00 56.67
4 Nepal SBI Bank Limited 1177194.32 782781.12 50.39
5 Rastriya Banajya Bank 2711851.61 1919505.72 41.28
6 NIC Asia Bank Ltd. 3273330.26 2402066.31 36.27
7 Laxmi Bank Limited 1077115.00 817398.00 31.77
8 Himalayan Bank Limited 954704.99 743450.90 28.42
9 Civil Bank Ltd 637022.00 504001.00 26.39
10 Sanima Bank Limited 1285379.52 1077068.52 19.34
11 NMB Bank Limited 1901153.00 1711519.00 11.08
12 Global IME Bank Limited 2782379.00 2663384.00 4.47
13 Machhapuchhre Bank Limited 1025262.14 1010830.47 1.43
14 Prime Commercial Bank Ltd. 1652044.75 1678589.95 -1.58
15 Prabhu Bank Limited 1199961.00 1262010.00 -4.92
16 Sunrise Bank Limited 653957.25 745544.61 -12.28
17 Nepal Bank Limited 1170655.43 1417058.84 -17.39
18 Siddhartha Bank Limited 1161199.79 1577313.80 -26.38
19 Citizen Bank International Limited 841333.05 1239349.55 -32.11
20 Agriculture Development Bank  -128933.57 1422512.58 -109.06
21 Kumari Bank Limited ? ? ?
22 Nepal Investment Mega Bank  ? ? ?

 

नबिल बैंकले साढे ३ अर्ब कमाउँदा अन्य तीन बैंकको नाफा २ अर्ब माथि

चालु आर्थिक वर्षको ६ महिना अवधिमा नबिल बैंकले सबैभन्दा धेरै ३ अर्ब ४१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको ६ महिना अवधिको तुलनामा ५६.६७ प्रतिशतले धेरै हो । नेपाल बंगलादेश बैंकलाई प्राप्ती गरेपछि नबिल बैंकको नाफामा उच्च वृद्धि भएको हो ।

यस्तै एनआईसी एशिया बैंकले ३६ प्रतिशतले नाफा बढाएर ३ अर्ब २७ करोड ३३ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूलाई प्राप्ती गरी पूँजीका आधारमा सबैभन्दा ठूलो बैंकले बनेको ग्लोबल आइएमई बैंकले पुस मसान्तसम्ममा २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ ।

बैंकको नाफा ४.४२ प्रतिशतले मात्रै बढेको छ । बैंक अफ काठमाण्डूले एकीकृत कारोबारको अघिल्लो दिनसम्म २४ पुससम्म गरेको नाफा बैंकले रिटर्न अर्निङमा ट्रान्सफर गरेको जनाएको छ ।

यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले खुद नाफा ४१.२८ प्रतिशतले बढाएको हो । अन्य बैंकहरुको नाफा २ अर्ब रुपैयाँभन्दा कम छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।