आइसिएफसि फाइनान्सको खुद नाफामा ५८ प्रतिशत गिरावट

0
Shares

आइसिएफसि फाइनान्स लिमिटेडको खुद नाफामा करीब ५८ प्रतिशत गिरावट आएको छ । बढेको खराब कर्जा अनुपातका कारण इम्पेरमेन्ट चार्ज बढ्दा फाइनान्सको नाफामा उच्च गिरावट आएको हो ।

चालू आर्थिक वर्षको ६ महीनामा कम्पनीले ३ करोड ९१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत आवको सोही अवधिसम्म ९ करोड २६ लाख रूपैयाँ कमाएको थियो । खुद ब्याज आम्दानी बढे पनि खराब कर्जा बढि प्रोभिजन गर्दा नाफा घटेको हो ।

कम्पनीको वितरणयोग्य नाफा ५ करोड १७ लाख ऋणात्मक रूपैयाँ छ ।

पुस मसान्तसम्ममा फाइनान्स कम्पनीले १८ अर्ब ८१ करोड निक्षेप संकलन गरेर १३ अर्ब ८४ करोड कर्जा विस्तार गरेको छ । फाइनान्सको खुद ब्याज आम्दानी २० करोड ९० लाखबाट वृद्धि भई २८ करोड ३३ लाख पुगेको छ ।

यस्तै इम्पेरमेन्ट चार्ज बढ्दा सञ्चालन नाफा ५६.२९ प्रतिशत घटेर ५ करोड ७७ लाख रूपैयाँमा संकुचित बनेको छ । गत आवको यसै अवधिमा १३ करोड २२ लाख रूपैयाँ बढी सञ्चालन नाफा गरेको थियो । गत पुसमा ३ करोड १३ लाख रूपैया रहेको इम्पेरमेन्ट चार्ज बढेर १० करोड ५६ लाख रूपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षमा कम्पनीको प्रति सेयर आम्दानी १६ रुपैयाँ ४४ पैसा रहेको थियो तर नाफा घटेसँगै हाल प्रति सेयर आम्दानी ६ रूपैयाँ ६२ पैसामा संकुचित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४७ रूपैयाँ ६८ पैसा र मुल्य आम्दानी अनुपात ७२.५२ गुणा छ ।

चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रहेको कम्पनीको जगेडा कोष ५० करोड ८२ लाख रूपैयाँबाट २१ प्रतिशत बढेर ६१ करोड ६० लाख रूपैयाँ कायम भएको छ । गत आवबाट कम्पनीले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश वितरण गरेको थियो ।

कम्पनीको खराब कर्जा अनुपात बढेको छ । गत आवको यसै अवधिमा १.०६ प्रतिशत रहेको यस्तो अनुपात बढेर २.८६ प्रतिशत पुगेको हो । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको स्पेडदर ४.८२ प्रतिशत, आधारदर १३.४५ प्रतिशत, कर्जा निक्षेप अनुपात ७२.७८ प्रतिशत, र पुँजीकोष अनुपात ११.८४ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।