प्रभु बैंकको प्रमुख कार्यकारीमा पुन: अशोक शेरचन नियुक्त

0
Shares

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन चार वर्षका लागि पुन: नियुक्त भएका छन्। शेरचन तेस्रो कार्याकालका लागि बैंकको प्रमुख कार्यकारी नियुक्त भएका हुन् ।

बैंकको सञ्चालक समितिले माघ १२ गतेदेखि लागू हुने गरी उनलाई पुन: प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। यसअघि उनी २०७५ माघ १८ गते बैंकको सिइओ नियु्क्त भएका थिए ।

प्रभु बैंकले सेञ्चुरी कमर्शियल बैंकलाई प्राप्ति गरेपछि अशोक तेस्रो कार्यकालका लागि सिइओ बनेका हुन । मर्जरमा गएका बैंकले २ कार्यकालभन्दा बढी समय बैंकको सीईओ नियुक्त गर्न पाउने छुट छ । सोही बमोजिम उनी तेस्रो पटक बैंकको सीईओ बनेका हुन् ।

सन् १९९५ बाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका शेरचनसँग २७ वर्षको बैंकिङ्ग अनुभव रहेको छ । उनले सन २०१४ देखि प्रभु बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

उनको कार्यकालमा प्रभु बैंकसँग विभिन्न बैंक तथा वित्तीयको मर्जर तथा एक्विजिसन गर्न सफल भएका छन् । प्रभु बैंकसँग मर्ज भएका विभिन्न मर्जर र एक्विजिसनहरूमा सीईओ शेरचनको महत्वपूर्ण भूमिका रहेको छ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरी गत पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गरेको हो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।