सरकार र केन्द्रीय बैंकबाट उद्यमीका समस्या सुनुवाई नहुँदा दुःखद घटना बढ्दै गैरहेका छन्ः महासंघ

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले सरकार र केन्द्रीय बैंकबाट उद्यमीका समस्या सुनुवाई हुन नसक्दा दुःखद घटनाहरु बढ्दै गैरहेको बताएको छ ।

इलामका व्यवसायी प्रेम प्रसाद आचार्यले मूलतः व्यवसायिक कठिनाइका कारण आत्मदाह गर्नुपरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गर्दै कुनै व्यवसायीले अकालमा ज्यान गुमाउनु नपरोस र व्यवसाय निर्वाध सञ्चालन गर्न सक्ने वातावरण बनाउन सबै सरोकारवालाहरुसँग माग समेत गरेको छ ।

तरलता अभावका कारण सिर्जित समस्या, अस्थीर ब्याजदर, बजारमा उधारो नउठने समस्या, बजार अभाव, प्रविधिको कमी, नीतिगत अस्पष्ठता र सरकारी निकायको वेवास्ताका कारण लाखौ लघु, घरेलु, साना एवं मझौला उद्यमी आहत भएका छन् । यिनै व्यवसायिक समस्याका कारण व्यवसायीहरु देह त्याग गर्नुपर्ने अवस्थामा पुग्नु निक्कै दुखदायी भएको महासंघको बुझाई छ ।

महासंघले ब्याजदर स्थायित्व, उधारो सम्बन्धि ऐन, दामासाही सम्बन्धि ऐन, व्यवसायिक उधारोको विमा, प्रक्रियागत सहजीकरण, सहज वित्तिय पहुँच, बजार पहुँच विस्तार लगायतका बिषयको सम्बोधन गर्न सरकार, नेपाल राष्ट बैंक एवं अन्य सरोकारवाला समक्ष निरन्तर पैरवी गर्दै आइरहेको छ ।

यस परिप्रेक्ष्यमा लघु, घरेलु, साना एवं मझौला उद्यमीका समस्या तत्काल सम्बोधन गर्न महासंघ नेपाल सरकार, नेपाल राष्ट बैंक र अन्य सरोकारवालाहरुमा जोडदार माग गरेको छ ।

यिनै समस्याका कारण कुनै व्यवसायीले अकालमा ज्यान गुमाउनु नपरोस् र व्यवसाय निर्वाध सञ्चालन गर्न सक्ने वातावरण बनाउन महासंघ सम्पूर्ण सबै सरोकारवालाहरुसंग माग पनि गर्दछ ।

साथै महासंघले महासंघका सदस्य र सदस्य नरहेका सम्पूर्ण उद्यमी व्यवसायीलाई आाफ्ना समस्याबारे महासंघलाई जानकारी गराइ दिन हुन आग्रह समेत गरेको छ । समस्या समाधानका लागि महासंघले भरमग्दुर प्रयास गर्ने जनाएकाे छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।