चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमम्ममा सञ्चालनमा रहेकामध्ये आधा बढी बैंकको वितरणयोग्य मुनाफा घटेको छ । अघिल्लो आवको तुलनामा चालु आवको दोस्रो त्रैमासमा सञ्चालनमा रहेका २२ मध्ये १२ वाणिज्य बैंकको वितरणयोग्य मुनाफा घटेको हो । समीक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य मुनाफा साढे १ अर्ब धेरै तथा सनराइज बैंकको डेढ करोड बढीले ऋणात्मक बनेको छ ।
यस अवधिमा नेपाल बैंक, सनराइज बैंक, हिमालयन बैंक, प्रभु बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, सिभिल, नबिल, सिद्धार्थ, सिटिजन्स, प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा घटेको हो ।
यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६० करोड ४२ लाख ऋणात्मक छ । अघिल्लो आवको दोस्रो त्रैमासमा २५ करोड ५७ लाख रुपेयाँ रहेको बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोडले घटेको हो । यस्तै प्राइमका वितरणयोग्य नाफा ८८ करोड ९६ लाखबाट ८८ करोड ५५ लाख घटेर ४१ लाख ५ हजार रूपैयाँमा झरेको छ । सनराइज बैंकको ११ करोड ७२ लाख घटेर १ करोड ६१ लाख ऋणात्मक बनेको छ ।
यसैगरी सिटिजन्स बैंकको वितरणयोग्य नाफा अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ६३ करोड ८७ लाख घटेर १० करोड ७१ लाख रुपैयाँ कायम हुँदा सिद्धार्थ बैंकको ५९ करोड १८ लाख घटेर ९ करोड ६५ लाख, नबिल बैंकको ४७ करोड ९४ लाख घटेर ९१ करोड १३ लाख, सिभिल बैंकले ४४ करोड ५७ लाख घटेर २५ करोड २२ लाख, ग्लोबल आईएमई बैंकको ३६ करोड ६४ लाख घटेर १ अर्ब ११ करोड ९२ लाख, एनएमबि बैंकको २३ करोड ४३ लाख घटेर ६३ करोड ९८ लाख, प्रभु बैंकको १७ करोड १९ लाख घटेर ३६ करोड ४२ लाख, हिमालयन बैंकको १५ करोड ७९ लाख घटेर ८ करोड ७२ लाख र नेपाल बैंकको ११ करोड ३१ लाख घटेर चालु आवको दोस्रो त्रैमासमा वितरणयोग्य नाफा २९ करोड ७२ लाख रुपैयाँमा झरेको छ ।
Commercial Banks Distributable Profit in Thousand |
|||
Bank | Poush End 2079 | Poush End 2078 | Growth (Poush 2079 over Poush 2078) |
Nepal Investment | (1,604,224) | 255,754 | (1,859,978) |
Prime | 4,105 | 889,613 | (885,507) |
Citizens | 107,174 | 745,929 | (638,754) |
Siddhartha | 96,568 | 688,389 | (591,821) |
Nabil | 971,369 | 1,450,860 | (479,491) |
Civil | 252,257 | 697,951 | (445,694) |
Global IME | 1,119,199 | 1,485,648 | (366,449) |
NMB | 639,797 | 874,106 | (234,309) |
Prabhu | 364,224 | 536,187 | (171,963) |
Himalayan | 87,263 | 245,152 | (157,890) |
Sunrise | (16,152) | 101,118 | (117,270) |
Nepal Bank | 297,214 | 410,316 | (113,101) |
Kumari | 224,441 | 138,311 | 86,130 |
Nepal SBI | 1,213,584 | 986,751 | 226,832 |
Standard Chartered | 1,000,554 | 754,616 | 245,938 |
Sanima | 963,710 | 578,244 | 385,466 |
Everest Bank | 2,846,968 | 2,461,107 | 385,861 |
Machhapuchchre | 1,058,060 | 644,703 | 413,357 |
Rastriya Banijya Bank | 1,878,989 | 1,385,582 | 493,406 |
Laxmi | 1,497,098 | 530,010 | 967,088 |
Agriculture Dev | 2,610,629 | 681,503 | 1,929,125 |
NIC Asia | 3,752,456 | 859,390 | 2,893,066 |
समीक्षा अवधिमा दश वाणिज्य बैंकको खुद नाफा भने बढेको छ । यस अवधिमा एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा २ अर्ब ८९ करोड ३० लाख रुपैयाँ बढेर ३ अर्ब ७५ करोड २४ लाख रुपैयाँ पुगेको छ । कृषि विकास बैंकको वितरणयोग्य मुनाफा पनि १ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ बढेर २ अर्ब ६१ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
यस्तै लक्ष्मी बैंकको वितरणयोग्य नाफा ९६ करोड ७० लाख रुपैयाँ बढेर १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ४९ करोड ३४ लाख रुपैयाँ बढेर १ अर्ब ८७ करोड ९० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ४१ करोड ३३ लाख रुपैयाँ बढेर १ अर्ब ५ करोड ८० लाख रुपैयाँ, एभरेष्ट बैंकको ३८ करोड ५८ लाख रुपैयाँ बढेर २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ, सानिमा बैंकको ३८ करोड ५४ लाख रुपैयाँ बढेर ९६ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।
यसैगरी चालु आवको दोस्रो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्डको २४ करोड ५९ लाख रुपैयाँ बढेर १ अर्ब रुपैयाँ, नेपाल एसबिआई बैंकको २२ करोड ६८ लाख रुपैयाँ बढेर १ अर्ब २१ करोड ३६ लाख रुपैयाँ र कुमारी बैंकको वितरणयोग्य नाफा अघिल्लो आवको तुलनामा ८ करोड ६१ लाख रुपैयाँ बढेर २२ करोड ४४ लाख रुपैयाँ कायम भएको छ ।
एनआईसी एशियाको पौने ४ अर्ब माथि
चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आइपुग्दा एनआईसी एशिया बैंकको वितरणयोग्य मुनाफा वाणिज्य बैंकहरुमध्ये सर्वाधिक ३ अर्ब ७५ करोड २४ लाख रुपैयाँ रहेको छ ।
यस्तै एभरेष्ट बैंकको २ अर्ब ८४ करोड, कृषि विकास बैंक २ अर्ब ६१ करोड, राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ८८ करोड, लक्ष्मी बैंकको १ अर्ब ४९ करोड, नेपाद एसबिआई बैंकको १ अर्ब २१ करोड, ग्लोबल आइएमई १ अर्ब १२ करोड, माछापुच्छ्रे बैंकको १ अर्ब ५ करोड र स्ट्याण्डर्ड चार्टर्डको १ अर्ब माथि वितरणयोग्य नाफा छ ।
प्राइम कमर्सियल बैंकको वितरणयोग्य मुनाफा सबैभन्दा कम ४१ लाख रहेको छ । सनराइज बैंकको १ करोड ६१ लाख तथा नेपाल इन्भेष्टमेन्ट बैंकको वितरणयोग्य नाफा १ अर्ब ६० करोड ४२ लाख रुपैयाँ रहेको छ ।
Commercial Banks |
Distributable Profit Poush End 2079 (Rs’000) | ||
NIC Asia | 3,752,456 | ||
Everest Bank | 2,846,968 | ||
Agriculture Dev | 2,610,629 | ||
Rastriya Banijya Bank | 1,878,989 | ||
Laxmi | 1,497,098 | ||
Nepal SBI | 1,213,584 | ||
Global IME | 1,119,199 | ||
Machhapuchchre | 1,058,060 | ||
Standard Chartered | 1,000,554 | ||
Nabil | 971,369 | ||
Sanima | 963,710 | ||
NMB | 639,797 | ||
Prabhu | 364,224 | ||
Nepal Bank | 297,214 | ||
Civil | 252,257 | ||
Kumari | 224,441 | ||
Citizens | 107,174 | ||
Siddhartha | 96,568 | ||
Himalayan | 87,263 | ||
Prime | 4,105 | ||
Sunrise | (16,152) | ||
Nepal Investment | (1,604,224) |
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया