सिभिल लघुवित्तको लाभांश घोषणा

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले कुल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ११ प्रतिशतले हुन आउने ३ करोड १६ लाख ९३ हजार ६८८ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५८ प्रतिशतले हुन आउने १६ लाख ६८ हजार ८८ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।