नेप्सेमा दोहोरो अंकको गिरावट, आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट

0
Shares

यस साताको पहिलो दिन आइतबार सेयर बजार माफक सूचक नेप्से दोहोरो अंकले ओरालो लागेको छ । दोहोरो अंकले घटेको बजारमा तीन अर्ब बढीको कारोबार हुँदा आधा दर्जन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार नेप्से १४।६८ अंकले घटेर दुई हजार एक सय ६८ दशमलब ५३ विन्दुमा बन्द भएको हो । कारोबारमा आएका २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँ बराबरमा किनबेच भएको छ । १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।

यस दिन लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर पब्लिक, इष्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सयपत्री हाइड्रोपावर र श्वेतगंगा हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

यसदिन समृद्धि फाइनान्स कम्पनी र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस दिन कम्पनीको करिब १० करोडको शेयर खरिदबिक्री भएको छ।

२०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हिमालयन उर्जा विकास कम्पनीको यस दिन ९ करोड २१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यस दिन एनआईसी एशियको कारोबा रकम ७ करोड नाघेको छ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।