नेपाल एसबिआई बैंकको ऋणपत्रकाे सूचीकरण खारेज

0
Shares

‘नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्र २०७९’ को सूचीकरण खारेज भएको छ । माघ २० गतेपछि परिपक्क भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सो ऋणपत्र आजदेखि खारेज गरेको हो ।

बैंकको माघ १९ गतेको पत्रानुसार बैंकबाट जारी गरिएको ४० करोड बराबरको ४ लाख कित्ता ऋणपत्र खारेज भएको हो । उक्त ऋणपत्रमा ८ प्रतिशत दरका ब्याज दिँइदै आइरहेको थियो ।

बैंकका अनुसार माघ २१ गतेदेखि नेपाल एसबिआई बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयबाट उक्त रकम भुक्तानी गर्न सुरु गरेको छ ।

ऋणपत्रधनीहरूले ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी लिन आउँदा आफ्नो सम्पूर्ण प्रमाणपत्रसँगै ब्याज भुक्तानी पुर्जाहरूको सक्कल प्रति अनिवार्य रूपमा पेश गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।