सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ८.५३४ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.४४९ प्रतिशत गरी कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।