आइएमई पे र क्यूएफएक्स सिनेमाजबीच सम्झौता, मुभी टिकटमा ५० रुपैयाँ फ्ल्याट क्यासब्याक

0
Shares

आइएमई पे र क्यूएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्यूएफएक्स नामक अफरको सम्झौता भएको छ ।

यस अफर अन्तर्गत ग्राहकवर्गहरूले क्युएफएक्स सिनेमाजको वेबसाईट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँ फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागु हुनेछ । अफरका लागि निर्दिष्ट गरिएका शर्त अनुसार प्रयोगकर्ताहरुले एक दिनमा एक पल्ट मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्न सक्नेछन् ।

त्यस पश्चात प्रयोगकर्ताहरुले पुनः अर्को बुधवार मात्र सो अफरको फाईदा उठाउन सक्नेछन्। साथै, आगामी दिनहरुका लागि लाईभ भएको टिकटहरु पनि बुधवारका दिन खरिद गर्दा ग्राहकहरुले सो छुट पाउने जनाइएको छ । यो अफर क्युएफएक्स सिनेमाजको ११ वटा हलहरुमा लागु भएको छ ।

मंगलबार राजधानी काठमाडौंमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आइएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने धारणा पनि व्यक्त गरे ।

त्यस्तै, क्युएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ती गिरीले आइएमई पेसँग आवद्घ भइ यो अफर मार्फत मुभी प्रेमीहरुलाई सहज हुने र अझ बढि ग्राहकहरु आकर्षित हुने विश्वास व्यक्त गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।