हुन्डाईको नयाँ मोडलको सेडान कार मार्च २१ मा लन्च हुने

0
Shares

हुन्डाईले भारतमा नयाँ मोडलको सेडान–भर्ना लन्च गर्ने भएको छ ।

लामो समयदेखि चर्चामा रहेको नयाँ मोडल अन्ततः सन् २०२३ को मार्च २१ मा लन्च हुने हुन्डाई भारतले जनाएको छ ।

कम्पनीले २५ हजार भारुमा नयाँ सेडानको प्रि–बूकिङ गर्न सकिने जानकारी गराएको छ । यस्तै मे महिनाबाट कम्पनीले कारहरु डेलिभरी गर्ने भएको हो ।

सेडानको नयाँ मोडल भर्ना चार भेरियन्टमा उपलब्ध हुने छ । इएक्स, एस, एसएक्स र एसएक्स ओ भर्नाका भेरियन्ट कारहरु रहेका छन् । भारतीय बजारमा सेडान भर्नाका कारहरुको मूल्य १० लाख भारु हुने कम्पनीले जनाएको छ ।

भर्नाका सबै भेरियन्टका कारहरु पेट्रोल इन्जिन आधारित रहेका छन् । कारको इन्जिनमा दुई विकल्पहरु रहेका छन् । १.५ लिटर र्टबो पेट्रोल इन्जिनयुक्त ६–स्पीड म्यानुअल र ७–स्पीड डुअल क्लच ट्रान्समीसन छ । जसले २५३ न्युटनमिटर बराबरको टर्क र १५९ मेट्रिक हर्सपावर जेनेरेट गर्न सक्छ ।

यस्तै अर्को विकल्पमा १.५ लिटरको पेट्रोल इन्जिनयुक्त ६ स्पीड म्यानुअल र कन्टीन्युअसली भेरिएबल ट्रान्समीसन जडान छ । जसले ११५ मेट्रिक हर्सपावर र १४४ न्युटनमिटर र्टक जेनेरेट गर्न सक्छ ।

यसबाहेक कारमा टचस्क्रीन इन्फोटेन्मेन्ट सीस्टम, डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस फोन चार्जर, डुअल–जोन क्लाइमेट कन्ट्रोल, भेन्टीलेटेड फ्रन्ट सीट, प्रिमियम साउन्ड सीस्टम, सनरुफ, डिजिटल ककपिट लगायतका सुविधाहरु रहेका छन् ।

हुन्डाईको भर्ना मोडलले मारुती सुजुकीको सियाज, होन्डाको सीटि, फक्सवागनको र्भचुस र स्कोडाको स्लाभियासँग प्रतिष्पर्धा गर्नेछ ।

नेपालमा भने हुन्डाइको भर्नाका विभिन्न भेरियन्टका कारहरुको मूल्य ४५ लाख देखि ५५ लाखको हाराहारीमा रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।