एनआईसी एशिया बैंकको फोनलोन सेवा सुरु, डिजिटल रुपमा सहजै कर्जा पाइने

0
Shares

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी एनआईसी एशिया फोनलोन सेवा शुभारम्भ गरेको छ ।

बैंकले ल्याएको उक्त सेवाबाट ग्राहकले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम २ लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ । बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहकले १ महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहकले कर्जा सेवा उपभोग गर्न सक्नेछन् ।

साथै, उक्त मापदण्डहरुबारे एपले नै स्वचालित रुपमा ग्राहकको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहकले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्र्यौल गर्नेछ । कर्जा लिन योग्य ग्राहकको एनआईसी एशिया मो बैंक एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको छ ।

कर्जा लिन योग्य ठहरिएमा ग्राहकले एनआईसी एशिया मोबैंकमा लगइन गरी त्यहाँ उल्लेखित फोनलोन आइकनमा ट्याब गरी दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सकिनेछ ।

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।