मर्सीडिज–बेन्जका कारहरुमा स्वचालित ड्राइभिङ सफ्टवेयर उपलब्ध हुने

0
Shares

जर्मन कार निर्माता कम्पनी मर्सीडिज–बेन्जका कारहरुमा स्वचालित ड्राइभीङ सफ्टवेयर उपलब्ध हुने भएको छ ।

एलन मक्सको विद्युतीय कारनिर्माता कम्पनी टेस्लाले सुरु गरेको अटोमेटेड ड्राइभीङ सेन्सरको सुविधा अन्य कम्पनीहरुले पनि सुरु गरेका हुन् ।

कम्पनीले अटोमेटेड ड्राइभीङ सफ्टवेयरका लागि सेमीकन्डक्टर निर्माता कम्पनी एनभिडियासँग सन् २०२० देखि सहकार्य गरेको थियो । टेस्ला तथा चीनका अटोमेकर कम्पनीसँग प्रतिस्पर्धा गर्नका लागि कम्पनीले अटोमेटेड ड्राइभीङ सफ्टवेयरमा गुगल म्याप्सको समेत सुविधा जोडेको छ । जसका लागि गुगलसँग सम्झौता गरेको कम्पनीले जनाएको छ ।

गुगलले प्रदान गर्ने गुगल म्याप्स, गुगल एसिस्टेन्ट र अन्य सुविभाहरु यस अघि नै जेनेरल मोटर्स, रेनौल्ट, निशान र फोर्ड लगायतका अटोमेकर कम्पनीहरुले कारहरुमा प्रयोग गर्दै आएका छन् ।

प्रविधिको विकाससँगै गा्रहकहरुको रोजाइ पनि परिवर्तन हुने भएकाले कम्पनीहरुले नयाँ प्रविधिको प्रयोग गरी कारहरुको डिजाइन तथा उत्पादन गरिरहेका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।