दुई अर्ब लगानीमा नेपालमै टाइल उद्योग खोल्दै मुरारका ग्रुप

0
Shares

नेपालको व्यवसायिक घराना मुरारका ग्रुपले भारतीय टाइल उत्पादक कम्पनी सोमानी सेरामिक्ससँगको सहकार्यमा नेपालमै टाइल उद्योग खोल्ने भएको छ ।

ग्रुपले २ अर्ब लगानीमा नेपालको भैरहवामा टायल उत्पादन केन्द्र सञ्चालनमा ल्याउने भएको हो । नेपाली बजारमा हाल १ करोड ८० लाख वर्ग मिटर टाइल खपत हुँदै आएको छ । मुरारका ग्रुपका अध्यक्ष पशुपति मुरारकाले सोमानी सेरामिक्सको सहकार्यमा निर्माणाधीन रहेको टाइल पलान्टको उत्पादन क्षमता ३० लाख वर्ग मिटर रहेको जानकारी दिए ।

नोपलमा खपत हुने टायल ९५ प्रतिशत विभिन्न देशहरुबाट आयात गरिएको छ । नेपालमा कच्चा पदार्थको पहुँच हुँदाहुँदै पनि उत्पादन हुन नसकेको तथ्यलाई बाहिर ल्याउँदै यो टाइल प्लान्टले नेपालको आयात कम गर्ने र अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने मुरारकाले बताए ।

यस्तै भारतको सोमानी सेरामिक्सका प्रमुख अभिषेक सोमानीले भारतले विश्वभर व्यापार गर्ने भएता पनि टाइल उत्पादन भारतमै भइरहेको जानकारी गराउँदै नेपालमा निर्माण हुन लागेको टाइल उत्पादन प्लान्ट कम्पनीको पहिलो अन्तर्राष्ट्रिय प्लान्ट रहेको बताए ।

नेपालले प्राप्त गर्ने प्रत्यक्ष वैदेशिक लगानीमा पलान्ट निर्माणमा प्रयोग भएको रकमले लगानीको आकार मात्र नभई नेपालले गर्ने टायल आयातको सङ्ख्यालाई घटाई अर्थतन्त्रमा सघाउने छ ।

सन् २०२३ को अन्त्यमा प्लान्टमा टायल उत्पादन सुरु हुने विश्वास मुरारका ग्रुपको रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।