नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार बिहिबार (आज) अमेरिकी डलर २६ पैसाले घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ३१ पैसा रहेको छ ।
बुधबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ५७ पैसा रहेको थियो । अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ०३ पैसा र बिक्री दर ८९ रुपैयाँ ४३ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ २८ पैसा र बिक्री दर १४० रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ३७ पैसा र बिक्री दर १५९ रुपैयाँ ०९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ४५ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ५८ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १० पैसा र बिक्री दर ३५ रुपैयाँ २६ पैसा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया