बीमा नियमावली मस्यौदामा बीमा कम्पनीका सीईओहरुले दिए यस्ता सुझाव

0
Shares

बीमक कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई बीमा नियमावलीले सम्बोधन गर्नुपर्ने विषयहरूका सम्बन्धमा करिब एक दर्जन सुभलाव दिएका छन् ।

बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा फागुन १९ गते शुक्रबार काठमाडौंमा आयोजित छलफल एवं अन्तरक्रिया कार्यक्रमामा विभिन्न बीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले नियमावलीमा बीमा कमिशनको अधिकतम सीमा तोक्नुपर्ने लगायतका सुझावहरू दिएका छन् ।

उनीहरुले नेपाली बीमा कम्पनीले विदेशमा शाखा खोल्न पाउने सरल व्यवस्था गर्नुपर्ने, बीमा सर्भेयरको दक्षता अनुसार शुल्कको व्यवस्था हुनुपर्ने, पुनर्बीमालाई छुट्टै किसिमले हेरिनुपर्ने, नियमन शुल्क बुझाउन ढिलाई भएको अवस्थामा जरिवाना नभई ब्याज लाग्ने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरुले नियमावलीमा संस्थागत अभिकर्ताका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास अनुसारको व्यवस्था गरिनुपर्ने, नेपालमा काम गर्ने विदेशी बीमा सर्भेयर र ब्रोकर सम्बन्धी स्पष्ट व्यवस्था हुनुपर्ने, बीमितले बीमा दाबी गर्न पाउने अवधि निश्चित गर्नुपर्ने तथा बीमितको नैतिक जोखिम सम्बन्धी व्यवस्था उल्लेख हुनुपर्ने सुझाव दिएका हुन् ।

यस्तै नियमावली मार्फत प्राधिकरणका प्रदेश कार्यालयका काम, कर्तव्य र अधिकार परिभाषित गरिनुपर्ने सुझावहरू पनि उनीहरुले दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण अध्यक्ष सिलवालले बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता लगायत सरोकारवालाहरूबाट प्राप्त सुझावहरू समेतका आधारमा बीमा नियमावली, २०७९ को मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि सरकारलाई बुझाइने जानकारी दिए ।

बीमा नियमावलीमा ७ दिनभित्र लिखित सुझाव दिन प्राधिकरणको आग्रह

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालका साथै सञ्चालक समितिका सदस्यहरू, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक पूजन ढंगेल (अधिकारी) र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गरेका थिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।