प्रभु र सेञ्चुरी बैंकको बोनस सेयर सूचीकृत

0
Shares

प्रभु बैंक लिमिटेड र साबिक सेञ्चुरी कमर्सियल बैंकको बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । दुबै बैंकले गत आवबाट सेयरधनीलाई वितरण गरेका बोनस धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आज सूचीकृत भएको हो ।

नेप्सेका अनुसार प्रभु बैंकको चुक्ता पुँजीको ६.५० प्रतिशतले हुन आउने ८२ लाख ६० हजार ६५७ दशमलव ७१ कित्ता सेयर सूचीकृत भएको छ । बैंकको गत पुस १४ गते सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाबाट सो बोनस सेयर अनुमोदन भएको थियो । साधारण सभाका लागि बैंकले पुस १ गते बुकक्लोज गरेको थियो ।

यस्तै प्रभु बैंकमा बिलय (एक्वीजिशन) भएको साबिक सेञ्चुरी कमर्सियल बैंकले गत आव २०७८/७९ बाट वितरण गरेको चुक्ता पुँजीको ४.७५ ले हुन आउने ४५ लाख ३८ हजार १०६ दशमलव ८७ प्रतिकित्ता सेयर पनि आइतबार नै नेप्सेमा सूचीकृत भएको छ ।

बैंकको पुस १४ गते सम्पन्न भएको १२ औं वार्षिक साधारण सभाले सो बोनस सेयरवितरण गर्ने प्रस्ताव पारित गरेको थियो । साधारण सभाका लागि बैंकले पुस ४ गते बुकक्लोज गरेको थियो ।

बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सम्बन्धीत सेयरधनीले मात्र बोनस पाउनेछन् । प्रभु बैंकले गत पुस २६ गतेदेखि सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ती गरेर प्रभु बैंक लिमिटेडको नामबाट संयुक्त कारोबार थालेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।