माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच छुट सम्झौता

0
Shares

माछापुच्छ्रे बैंक र सेल्सबेरीबीच डिजिटल कारोबारलाई प्रोसाहन गर्ने उद्देश्यले सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा सेल्सबेरीको तर्फबाट अध्यक्ष शुसिलमान प्रधानाङ्ग तथा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सर्जु थापाले हस्ताक्षर गरे ।

सम्झौता पश्चात सेल्सबेरीका आउटलेटहरुबाट सामान खरिद गर्दा बैंकका ग्राहकहरुले विभन्न डिजिटल माध्यमबाट जस्तै क्यूआर वा पिओएस मार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानी गर्न सक्नेछन्।

यसै बीच बैंकले हरेक हप्ताको सोमबारका लागि मनडे म्याडनेस योजना सञ्चालन गरि रहेको छ । जस अन्तर्गत हरेक सोमबार बैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस वा ईकमबाट पेमेन्ट गर्दा २३ प्रतिशत वा १२३ रुपैयाँ डेबिड कार्डमा र क्रेडिट कार्डमा २३ प्रतिशत वा २२३ रुपैयाँ सम्म छुट पाउनेछन् । यो योजना हरेक सोमबार बिहान ७ बजेदेखि १० बजे सम्म कार्ड बाट गरिएका कारोबारमा मात्र लागु हुने जनाइएको छ ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।