विदेशी मुद्राको विनिमय दर : डलरको भाउ स्थिर


नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७६ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ३६ पैसा रहेको छ । अमेरिकी डलर मंगलबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ २५ पैसा र बिक्री दर ८७ रुपैयाँ ६५ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ४५ पैसा र बिक्री दर १३० रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ०८ पैसा र बिक्री दर १५७ रुपैयाँ ८० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ २४ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ३७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८४ पैसा र बिक्री दर ३५ रुपैयाँ रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।