बढ्यो डलरको भाउ, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?


बिहिबार डलरको भाउ बढेको छ ।

बुधबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७६ पैसा र बिक्री दर १३१ रुपैयाँ ३६ पैसा रहेको डलर बिहीबार २४ पैसाले बढेर खरिद दर १३१ रुपैयाँ पुगेको छ भने बिक्री दर १३१ रुपैयाँ ६० पैसा पुगेको छ । अमेरिकी डलर मंगलबार भने स्थिर थियो ।

नेपाल राष्ट्र बैंकले बिहिबारका सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४७ पैसा र बिक्री दर ८६ रुपैयाँ ८७ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ०६ पैसा र बिक्री दर १३८ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५५ रुपैयाँ ०४ पैसा र बिक्री दर १५५ रुपैयाँ ७५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९५ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ०८ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८९ पैसा र बिक्री दर ०५ रुपैयाँ रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।