आइतबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ


नेपाल राष्ट्र बैंकले आइतबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २७ पैसा र बिक्री दर ८६ रुपैयाँ ६७ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ६५ पैसा र बिक्री दर १३९ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ ९७ पैसा र बिक्री दर १५७ रुपैयाँ ६९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९८ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ११ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८९ पैसा र बिक्री दर ३५ रुपैयाँ ०५ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।