राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिटबीच सम्झौता

0
Shares

राष्ट्रिय वाणिज्य बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच वैदेशिक रेमिट्रयान्स बैंकिङ्ग च्यानल मार्फत भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गरे ।

सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका विभिन्न स्थानहरुबाट बैंकिङ्ग च्यानल मार्फत पठाएको रकम नेपालमा रहेका सम्बन्धीत व्यक्तिलाई बैंकको शाखा कार्यालयहरु मार्फत नियमानुसार सहज रुपमा भुक्तानी हुनेछ । यसले नेपालमा वैदेशिक मुद्रा आर्जन गर्न थप सघाउ पुग्ने विश्वास गरिएको छ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवाहरु संचालनमा रहेका छन।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।