बंगलादेशको अर्थतन्त्र कमजोर, मुद्रास्फीति ८.७८ प्रतिशत


रूसले युक्रेनविरूद्ध सुरु गरेको आक्रमणका कारण छाएको विश्वव्यापी मन्दी र राजनीतिक अस्थिरताका कारण बंगलादेशको अर्थतन्त्र कमजोर बनेको छ ।

खाद्य र गैरखाद्य दुवै वस्तुमा देखिएको मूल्यवृद्धिका कारण बंगलादेशको मुद्रास्फीति दर फेब्रुरुअरीमा ८.७८ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको हो ।

बंगलादेशको मुद्रास्फीति जनवरीमा ८.५७ प्रतिशत रहेकोमा फेब्रुअरीमा बढेर ८.७८ प्रतिशत पुगेको हो । खाद्य मुद्रास्फीति फेब्रुअरीमा बढेर ७.९८ प्रतिशत भएको छ । यो अघिल्लो महिना (जनवरी) मा ७.४१ प्रतिशत थियो ।

गैरखाद्य वस्तुको मुद्रास्फीति जनवरीमा ९.४८ प्रतिशत रहेकोमा फेब्रुअरीमा बढेर ९.६१ प्रतिशत पुगेको छ । बंगलादेशको बजेटले आगामी आर्थिक वर्षमा औसत मुद्रास्फीति दर ५.६ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।