सरकारले आन्तरिक ऋण उठाउन १५ अर्बकोे ट्रेजरी जारी गर्दै

0
Shares

सरकारले आन्तरिक ऋण उठाउनका लागि नयाँ र पुरानो गरेर १५ अर्ब रुपैयाँ बरावरको ट्रेजरी बिल्सको बिक्री गर्ने भएको छ ।

सरकारले ५ अर्ब रुपैयाँ बरावरको नयाँ र १० रुपैयाँ बराबरको ट्रेजरीलाई नविकरण गर्न लागेको हो । राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाइदिने गर्छ ।

सरकारले सोमबार ५ अर्बको ९१ दिने तथा ५ अर्ब बराबरको ३६४ दिने पुरानो ऋणपत्रको सावाँ फिर्ता नगरी नविकरण गर्न लागेको । त्यसैगरीे ५ अर्ब बरावरको २८ दिने नयाँ ट्रेजरी मार्फत आन्तरिक ऋण उठाउन खोजेको हो ।

सरकारले विकास खर्च गर्न नसकेको र चालु खर्चका लागि समेत राजस्व संकलन नभएपछि अन्तरिक ऋण उठाउने क्रमलाई बढवा दिएको हो । चालु खर्च पनि प्रयाप्त नहुने गरी राजस्व संकलन भएपछि सरकारले बैंकिङ क्षेत्रको जटिल अवस्थामा पनि आन्तरिक ऋण उठाउन लागेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।