सि.बि.आई.एल. बन्यो सिटिजन्स् क्यापिटल, दुई अर्ब बढीको लगानी व्यवस्थापन

0
Shares

सि.बि.आई.एल. क्यापिटल लिमिटेडले प्रचलित नियमहरुको पालना गर्दै आफ्नो नाम परिवर्तन गरी सिटिजन्स् क्यापिटल लिमिटेडकायम गरेको छ ।

कम्पनीको चौथौ विशेष साधारण सभाले कम्पनीको नाम परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो।

नयाँ नामसंगै नयाँ ढंगले ग्राहक वर्गमा विषेश योजनाहरु सहित प्रस्तुत हुन लागेको यस संस्थाको नाम परिवर्तनले संस्थाको ब्रान्डिङलाई थप सशक्त बनाउने सिटिजन्स् क्यापिटलको विश्वास रहेको सो संस्थाले जनाएको छ ।

सिटिजन्स् क्यापिटलका नयाँ योजनाहरुमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहनु भएका नेपालीहरुलाई आईपीओ भरिदिने विशेष पिएमएस सेवा, डाक्टर पेशामा आवद्ध तथा अन्य पेशा/क्षेत्रबाट सेवा निवृत व्यक्तित्वहरुलाई लक्षित गरी विभिन्न योजना साथै लगानी व्यवस्थापन सेवामा निश्चित प्रतिफल दिने योजनाहरु संस्थाको फेसबुक पेज मार्फत सार्वजानिक गरेको छ ।

साथै नाम परिवर्तनको उपलक्षमा सो सेवा लिन चाहने पहिलो ५० ग्राहकलाई वार्षिक संचालन शुल्कमा पचास प्रतिशत छुटको पनि व्यवस्था गरेको छ ।

क्यापिटलले विगत ७ वर्ष देखि सामूहिक लगानी कोष तथा लगानी व्यवस्थापन धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेसन, धितोपत्र प्रत्याभूतिका साथै परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ ।

हाल कम्पनीले दुई अर्बभन्दा बढीको लगानी व्यवस्थापन तथा सिटिजन्स् बैंक लगायतका अन्य कम्पनीहरुलाई शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउदै आईरहेको छ ।

कम्पनीका संचालक तथा संस्थापकहरु विभिन्न बैंक वित्तीय संस्था तथा विभिन्न संस्थामा आवद्ध अनुभवी व्यक्तित्वहरु रहेका छन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ कार्यरत रहेका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।