बुधबार सबैजसो विदेशी मुद्राको भाउ बढ्यो


बुधबार सबैजसो विदेशी मुद्राको भाउ बढेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १० पैसा र बिक्री दर १३१ रुपैयाँ ७० पैसा रहेको थियो भने बुधबार ५९ पैसाले बढेर डलर एकको खरिद दर १३१.६९ र बिक्री दर १३२.२९ पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मंगलबार अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७९ पैसा र बिक्री दर ८७ रुपैयाँ १९ पैसा रहेको थियो भने बुधबार ९२ पैसाले बढेर खरिद दर ८७.७१ र बिक्री दर ८८.११ पुगेको छ ।

यस्तै बुधबार युरो एकको खरिद दर १४१ रुपैयाँ १० पैसा र बिक्री दर १४१ रुपैयाँ ७४ पैसा रहेको छ । मंगलबार युरो एकको खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको थियो ।

बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ०३ पैसा र बिक्री दर १६० रुपैयाँ ७६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ३५ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ४८ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ०७ पैसा र बिक्री दर ३५ रुपैयाँ २३ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।