अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोको घट्यो


नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ३९ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २५ पैसा र बिक्री दर ८८ रुपैयाँ ६५ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ५९ पैसा र बिक्री दर १४१ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । आइतबार युरो एकको खरिद दर १४० रुपैयाँ १९ पैसा र बिक्री दर १४० रुपैयाँ ८२ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ४८ पैसा र बिक्री दर १६१ रुपैयाँ २१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९८ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ३८ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ५२ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ०९ पैसा र बिक्री दर ३५ रुपैयाँ २५ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।