आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स समान हैसियतमा गाभिने

0
Shares

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता पत्रमा चैत्र ५ गते आइतबार हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ ।

दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिएको आधारमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले दुवै संचालक समितिका अध्यक्ष, संचालक तथा संयुक्त मर्जर समितिका सदस्यलाई धन्यवाद दिए । साथै, सिलवालले दुवै उत्कृष्ठ व्यावसायिक घरानाका व्यक्तिहरुको संलग्नता रहेको हुँदा मर्जर पछि यो कम्पनी उत्कृष्ठ बीमा कम्पनी हुनेछ भनि शुभकामना दिए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।