पाँच विकास बैंक र तीन फाइनान्स नाेक्सानीमा, विकास बैंकको नाफा २६ तथा फाइनान्सको ४२% धेरैले घट्याे

0
Shares

चालु आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघ मसान्तसम्मको अवधिमा सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये पाँच वटा तथा १७ फाइनान्समध्ये ३ वटा कम्पनी नोक्सानीमा पुगेका छन् ।

विसं २०७९ माघ मसान्तसम्म १७ विकास बैंकहरुले कुल २ अर्ब ८१ करोड ३२ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा विकास बैंकहरुको नाफा ३ अर्ब ८२ करोड ८६ लाख ७७ हजार रुपैयाँ थियो । यस्तै माघसम्म सञ्चालनमा रहेका फाइनान्स कम्पनीहरुले कुल ४२ करोड ५९ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा फाइनान्सहरुको कुल नाफा ७५ करोड २८ लाख ४० हजार रुपैयाँ थियो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार विकास बैंकहरुको समग्र नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.५२ प्रतिशत र फाइनान्स कम्पनीको नाफा ४३.४२ प्रतिशतले घटेको हाे ।

यस्तो छ विकास बैंकहरुको नाफा विवरण

राष्ट्र बैंकको तथ्याङ्क अनुसार माघ मसान्तसम्म १७ विकास बैंकमध्ये १२ बैंक नाफामा हुँदा ५ विकास बैंक घाटामा छन् । बाह्र विकास बैंकले ३ अर्ब १९ करोड ५९ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गर्दा पाँच विकास बैंकको नोक्सानी ३८ करोड २७ लाख रहेको छ । समग्रमा विकास बैंकहरुको नाफा २ अर्ब ८१ करोड ३२ लाख ४० हजार रुपैयाँ छ ।

तथ्याङ्क अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक सबैभन्दा धेरै २५ करोड ८७ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत आवको सोही अवधिमा २ करोड ९० लाख रहेकोमा ७९० प्रतिशतले नोक्सानी बढेको हो । यस्तै एक्सेल डेभलपमेन्ट बैंक ६ करोड ४५ लाख ८० हजार, सिन्धु विकास बैंक २ करोड ८० लाख ६० हजार, नारायणी डेभलपमेन्ट बैंक २ करोड ६ लाख ९० हजार र सालपा विकास बैंक १ करोड ६ लाख ७० हजार रुपैयाँ घाटामा छ ।

गत आवको यसै अवधिमा २०७८ माघमा एक्सेल डेभलपमेन्ट बैंक ४ करोड १७ लाख १० हजार, सिन्धु विकास बैंक २ करोड ९४ लाख १० हजार, र सालपा विकास बैंक १ करोड ५० लाख ३० हजार रुपैयाँ नाफामा रहेको थियो । नारायणी डेभलपमेन्ट बैंक भने साे अवधिमा ९३ लाख ९१ हजार नोक्सानीमा रहेको थियो ।

S.N. Devlopment Bank Profit 2079 Magh’000 Profit 2078 Magh ‘000
Change %
1 Green  29780.00 7160.00 315.92
2 Karnali  12780.00 -15731.59 181.24
3 Corporate 11870.00 4700.00 152.55
4 Shine Resunga
490250.00 400870.00 22.30
5 Muktinath 737850.00 697850.00 5.73
6 Garima  587300.00 566500.00 3.67
7 Miteri  63010.00 75400.00 -16.43
8 Lumbini    305590.00 401230.00 -23.84
9 Shangrila  219730.00 301230.00 -27.06
10 Mahalaxmi   364240.00 528340.00 -31.06
11 Kamana Sewa 262120.00 400570.00 -34.56
12 Jyoti   111420.00 412840.00 -73.01
13 Narayani   -20690.00 -9391.00 -120.32
14 Salapa  -10670.00 15030.00 -170.99
15 Sindu  -28060.00 29410.00 -195.41
16 Excel   -64580.00 41710.00 -254.83
17 saptakoshi  -258700.00 -29039.49 -790.86
Total   2813240.00 3828677.91 -26.52

 

विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंकले माघसम्म सबैभन्दा धेरै ७३ करोड ७८ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । यसैगरी गरिमा विकास बैंकले ५८ करोड ७३ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ४९ करोड २ लाख ५० हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकले ३६ करोड ४२ लाख ४० हजार रुपैयाँ, लुम्बिनी विकास बैंकले ३० करोड ५५ लाख ९० हजार रुपैयाँ, कामना सेवा विकास बैंकले २६ करोड २१ लाख २० हजार रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले २१ करोड ९७ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै माघसम्ममा ज्योति विकास बैंकले ११ करोड १४ लाख २० हजार रुपैयाँ, मितेरी डेभलपमेन्ट बैंकले ६ करोड ३० लाख १० हजार रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकले २ करोड ९७ लाख ८० हजार रुपैयाँ, कर्णाली डेभलपमेन्ट बैंकले १ करोड २७ लाख ८० हजार रुपैयाँ र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड १८ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ ।

एघार विकास बैंकको नाफा घट्यो

सञ्चालनमा रहेका १७ मध्ये ११ बैंकको नाफा समीक्षा अवधिमा घटेको छ । २०७८ माघको तुलनामा २०७९ माघमा ६ वटा विकास बैंकहरुले मात्र यस अवधिमा नाफा वृद्धि गरेका छन् ।  यसरी नाफा बढाउने बैंकहरुमा ग्रीन डेभलपमेन्ट बैंकले सबैभन्दा धेरै ३१५.९२ प्रतिशत नाफा बढाएको छ भने कर्णाली डेभलपमेन्ट बैंक १८१.२४, कर्पोरेट डेभलपमेन्ट बैंकले १५२.५, शाइन रेसुङ्गा २२.३०, मुक्तिनाथ ५.७३, र गरिमा विकास बैंकले ३.६७ प्रतिशतले नाफा बढाएको छ ।

उता समीक्षा अवधिमा सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा सर्वाधिक ७९० प्रतिशत घटेको छ । यस्तै एक्सेल डेभलपमेन्टको २५४.८३, सिन्धु विकासको १९५.४१, सालपा १७०.९९, नारायणी १२०.३२, ज्योति ७३.०१, कामना सेवा ३४.५६, महालक्ष्मी ३१.०६, सांग्रिला २७.०६, लुम्बिनी २३.८४ र मितेरी डेभलपमेन्ट बैंकको नाफा १६.४३ प्रतिशत घटेको हो ।

बाह्र फाइनान्सको नाफा गत आवको तुलनामा घट्यो, तीन घाटामा

राष्ट्र बैंकले उपलब्ध गराएको साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कलाई गत आवको सोही अवधिमा कमाएको नाफासँग तुलना गर्दा तीन फाइनान्स कम्पनी घाटामा पुग्दा १२ फाइनान्स कम्पनीको नाफा अघिल्लो माघको तुलनामा घटेको छ ।

एघार फाइनान्स कम्पनीहरुले ६२ करोड १५ लाख २० हजार रुपैयाँ नाफा आर्जन गर्दा तीन कम्पनीको नोक्सानी १९ करोड ५५ लाख ६० हजार रुपैयाँ रहेको छ । समग्रमा फाइनान्सहरुको नाफा ४२ करोड ५९ लाख ६० हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा समग्रमा ७५ करोड २८ लाख ४० हजार नाफा कमाएका फाइनान्सको नाफा ४३.४२ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा भने क्यापिटल मर्चेन्ट र समृद्धि बाहेक १५ फाइनान्स कम्पनी नाफामा थिए ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार समृद्धि, प्रोगेशिभ र रिलायन्स फाइनान्सको नाफा ऋणात्मक छ । नोक्सानीमा रहेकामध्ये समृद्धि फाइनान्स सर्वाधिक १३ करोड २९ लाख ५० हजार घाटामा रहँदा प्रोगेशिभ ३ करोड ३० लाख ३० हजार तथा रिलायन्स फाइनान्स २ करोड ९५ लाख ८० हजार घाटामा रहेको छ ।

माघसम्म क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले सर्वाधिक १५ करोड ६६ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । समस्याग्रस्त संस्थाबाट राष्ट्र बैंकले फुकुवा गरेपछि तंग्रदै गरेको फाइनान्सको खराब कर्जा असुलीका कारण नाफामा उत्साहजनक वृद्धि देखिएको हो । पुतलीसडकमा मुख्यालय रहेको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २०५८ सालमा स्थापना भएको थियो। खराब कर्जा अधिक भएपछि २०७० वैशाखमा राष्ट्र बैंकले निक्षेप स्वीकार गर्ने, कर्जा प्रवाह गर्ने, जमानत प्रदान गर्ने लगायतका कारोबार गर्न नपाउनेगरी समस्याग्रस्त घोषणा गरेको थियो ।कम्पनीको सबै संस्थापक सेयर नयाँ समूहले किनेपछि समस्याग्रस्त घोषणा भएको ६ बर्षपछि २०७६ साउनदेखि शर्तसहित कम्पनीलाई समस्याग्रस्तबाट मुक्त गरेको थियो ।

S.N. Finance Profit 2079 Magh ‘000
Profit 2078 Magh ‘000
Change%
1 Capital Merchant 156610.00 -4480.00 3595.76
2 Nepal Share market 17050.00 7400.00 130.41
3 Manjushree 155050.00 83870.00 84.87
4 Gurkha  80040.00 54390.00 47.16
5 Pokhara 41330.00 35220.00 17.35
6 Shree Investment 34630.00 56820.00 -39.05
7 Multipurpose 2650.00 4590.00 -42.27
8 ICFC 58310.00 101760.00 -42.70
9 Nepal 15890.00 32660.00 -51.35
10 Janaki 21090.00 48560.00 -56.57
11 Guheshowori 15240.00 41500.00 -63.28
12 Central 9240.00 42250.00 -78.13
13 Goodwill 5810.00 86170.00 -93.26
14 Best 8580.00 130410.00 -93.42
15 Reliance -29580.00 34780.00 -185.05
16 Progressive -33030.00 16100.00 -305.16
17 Samriddhi -132950.00 -19160.00 -593.89
Total     425,960.00   752,840.00 -43.42

 

फाइनान्सहरूमा दोस्रो ठूलो नाफा मञ्जुश्रीले कमाएको छ । सो फाइनान्सले माघसम्म १५ करोड ५० लाख ५० हजार रुपैयाँ नाफा कमाएको हो । यस्तै माघ मसान्तसम्म गोर्खाज फाइनान्स कम्पनीको नाफा ८ करोड ४० हजार, आइसिएफसि फाइनान्स ५ करोड ८३ लाख १० हजार, श्री इन्भेष्ट ३ करोड ४६ लाख ३० हजार, जानकी २ करोड १० लाख ९० हजार, नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स १ करोड ७० लाख ५० हजार, नेपाल फाइनान्स १ करोड ५८ लाख ९० हजार, गुहेश्वरी मर्चेन्ट १ करोड ५२ लाख ४० हजार, सेन्ट्रल ९२ लाख ४० हजार, बेष्ट ८५ लाख ४० हजार, गुडविल ५८ लाख १० हजार र मल्टिपर्पस फाइनान्सको नाफा २६ लाख ५० हजार रहेको छ ।

गत माघको तुलनामा समीक्षा अवधिमा पाँच फाइनान्स कम्पनीले मात्र नाफा वृद्धि गरेका छन् । सर्वाधिक कमाउको क्यापिटल मर्चेन्टले ३५९५ प्रतिशतले नाफा बढाएको हो । गत आवको माघसम्म ४४ लाख ८० हजार नोक्सानीमा रहेको फाइनान्सले नाफामा उच्चतम सुधार गरेर १५ करोड ६६ लाख बढी नाफा कमाएको हो । यसैगरी नेपाल सेयर मार्केट १३०.४१ प्रतिशत, मञ्जुश्री फाइनान्स ८४.८७, गोर्खाज ४७.१६ र पोखरा फाइनान्सले १७.३५ प्रतिशतले नाफा वृद्धि गरेका छन् ।

विसं २०७९ माघ मसान्तसम्म बाह्र कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ । समृद्धि फाइनान्सको सर्वाधिक ५९३.८९ प्रतिशतले नाफा घट्दा प्रोगेशिभ फाइनान्स ३०५.१६, रिलायन्स फाइनान्स १८५.०५, बेष्ट फाइनान्स ९३.४२, गुडविल फाइनान्स ९३.२६, सेन्ट्रल फाइनान्स ७८.१३, गुहेश्वरी फाइनान्स ६३.२८, जानकी फाइनान्स ५६.५७, नेपाल फाइनान्स ५१.३५, आइसिएफसि फाइनान्स ४२.७०, मल्टिपपर्स फाइनान्स ४२.२७ र श्री इन्भेष्ट फाइनान्सको नाफा ३९.०५ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।