बुधबार सामान्य बढ्यो अमेरिकी डलरको भाउ


नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरको तथ्यांक अनु्सार मंगलबारको तुलनामा बुधबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ ।

मंगलबार डलर एकको खरिद दर १३१ रुपैयाँ ८८ पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको थियो भने आज ०.०४ पैसाले बढेर खरिद दर १३१ रुपैयाँ ९२ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ११ पैसा र बिक्री दर ८८ रुपैयाँ ५१ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ६३ पैसा र बिक्री दर १६२ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०१ पैसा र बिक्री दर ३६ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ५० पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ६४ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १२ पैसा र बिक्री दर ३५ रुपैयाँ २८ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।