टिकेन बजारको वृद्धि, नेप्से १५.७६ अंकले घट्दा नेपाल लाइफको उच्च कारोबार

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १५.७६ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब २९ विन्दुमा झरेको छ ।
गत सोमबार नेप्से २२ अंक बढीले उकालो लागेको थियो । मंगलबार सार्वजनिक विदाका कारण नेप्से बन्द रहेको थियो ।

बुधबारको बजारमा २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ । आज कारोबार भएका ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

बुधबारको बजारमा मायाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २९२ रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै बोटलर्स नेपालको सेयर मूल्य ७.६२ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज ९ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।