बिहीबार कुन देशको मुद्राको भाउ कति ?


नेपाल राष्ट्र बैंकले बिहीबारका लागीे विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ४० पैसा र बिक्री दर ८८ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा र बिक्री दर १४२ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ १८ पैसा र बिक्री दर १६२ रुपैयाँ ९२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ६२ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ७६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १३ पैसा र बिक्री दर ३५ रुपैयाँ २९ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।