मकर जितुमाया हाईड्रोको आईपीओ बाँडफाँड, स्थानीयले पाए मागे जति सेयर

0
Shares

मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानियबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा चैत्र ०९ गते बिहीबार सेयर बाँडफाँड गरिएको हो ।

मकर जितुमाया सुरी हाईड्रोपावरले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि ७ लाख ६० हजार तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि १ लाख ५२ हजार कित्ता सेयर जारी गरेको थियो ।

स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने स्थानियबासीले १० कित्ता देखि ९ हजार ९९० कित्ता सम्म आबेदन दिने आवेदकलाई माग बमोजिम सेयर बाँडफाँड गरिएको छ । स्थानीय ३ हजार ५१४ आवेदकलार्ई ६ लाख ७८ हजार ६०० कित्ता शेयर बाँडफाँड गरिएको हो ।

त्यस्तै नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुले १० कित्ता देखि २ हजार १० कित्ता सम्म आबेदन दिने १५ हजार ४१ आवेदकले १० कित्ता सेयर पाएका छन् ।

यसैगरी २० कित्ता देखि २ हजार १० कित्ता सम्म आवेदन दिने १२ हजार ११७ जना मध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १ लाख ५२ हजार कित्ता सेयर बाँडफाँड भएको प्रभु क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।