आइतबार कुन देशको विदेशी मुद्राको विनिमय दर कति छ ?


नेपाल राष्ट्र बैंकले आइतबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आइतबार (आज) अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६८ पैसा र बिक्री दर १३२ रुपैयाँ २८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४७ पैसा र बिक्री दर ८७ रुपैयाँ ८६ पैसा रहेको छ । यस्तै आज युरोको भाउ खरिद दर १४१ रुपैयाँ ३२ पैसा र बिक्री दर १४१ रुपैयाँ ९६ पैसा रहेका राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्री दर १६१ रुपैयाँ ५३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७४ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ८७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ०५ पैसा र बिक्री दर ३५ रुपैयाँ २१ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।