नेपाल एसबिआई बैंकको बोनस सुचीकृत

0
Shares

नेपाल एसबिआई बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको चुक्ता पुँजीको ३ प्रतिशत बोनस आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचीकृत भएको हो ।

जसअनुसार बैंकको २९ लाख ४७ हजार ७५५ दशमलव ७३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित प्रतिशत नगद वितरण गरेको थियो । पुस २५ गते सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट पारित भएको ७.५३ प्रतिशत नगद लाभांश भने यसअघि नै करकट्टी गरी वितरण भैसकेको छ ।

आइतबार नेप्सेमा सूचीकृत भएको उक्त बोनस सेयर बैंकको साधारण सभाको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम रहेका सम्बन्धीत सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

साधारण सभाका लागि बैंकले २०७९ पुस १३ गते बुकक्लोज गरेकाले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।