अमेरिकी डलरको भाउ स्थिर, कुन देशको मुद्रालाई कति ?


नेपाल राष्ट्र बैंकले सोमबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार सोमबार (आज) अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६८ पैसा र बिक्री दर १३२ रुपैयाँ २८ पैसा रहेको छ । हिजो पनि अमेरिकी डलर सोही भाउमा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ५१ पैसा र बिक्री दर ८७ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै आज युरोको भाउ खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३५ पैसा रहेका राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ०६ पैसा र बिक्री दर १६१ रुपैयाँ ८० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७४ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ८७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ०५ पैसा र बिक्री दर ३५ रुपैयाँ २१ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १३ चैत २०७९, सोमबार  ०६ : ५१ बजे