टाट पल्टिएको सिलिकन भ्याली बैंकको निक्षेप र कर्जा सिटिजन्स बैंकले खरिद गर्ने

0
Shares

सन् २०२२ को मार्च महिनामा टाट पल्टिएको सिलिकन भ्याली बैंकमा निक्षेपकर्ताहरुको बाँकी निक्षेप र कर्जा सिटिजन्स बैंकले खरिद गर्ने भएको छ ।

सिलिकन भ्याली बैंक टाट पल्टिएपछि फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेशन (एफडीआइसी) ले बैंकलाई अक्सनमा राखेको थियो । एफडीआइसीका अनुसार मार्च १० सम्ममा सिलिकन भ्याली बैंकको कुल सम्पत्ति १६७ अर्ब डलर थियो भने कुल निक्षेप ११९ अर्ब डलर थियो । सिटिजन्स बैंकले सिलिकन भ्याली बैंकको ७२ अर्ब बराबरको सम्पत्ति १६ अर्ब ५० करोड डलर छुटमा खरिद गर्ने भएको हो ।

सिटिजन्स बैंकले ७२ अर्ब डलरको सम्पत्ति खरिद गरेता पनि एफडीआइसीसँग सिलिकन भ्याली बैंकको ९० अर्ब डलर बढी सम्पत्ति यथावत् नै रहेको छ । अमेरिकी इतिहासमा सन् २००८ पछिको दोस्रो ठूलो वित्तीय संकटका रुपमा सिलिकन भ्याली बैंक टाट पल्टिनुलाई लिइएको छ ।

सिलिकन भ्याली बैंकले अमेरिकामा रहेका टेक स्र्टाटअपहरुमा लगानी गरेको थियो । जसकारण अमेरिकाका हजारौँ स्र्टाटअप कम्पनीहरु समस्यामा परेका छन् ।

सिलिकन भ्याली बैंक टाट पल्टिएपछि लाखौँ मानिसहरु संकटमा परेका छन् । तथापि अमेरिकी राष्ट्रपति जो बाइडेनले निक्षेपकर्ताहरुलाई सुरक्षित रुपमा निक्षेप फिर्ता दिने आश्वासन दिएका छन् ।

हाल एफडीआइसीको नियन्त्रणमा रहेको सिलिकन भ्याली बैंकमा बाँकी रहेको निक्षेप, बैंकको सम्पत्ति खरिदका लागि अक्सन चलेको छ ।

सिलिकन भ्याली बैंकको सम्पत्ति खरिद गर्ने पहिलो बैंकका रुपमा सिटिजन्स बैंक अघि सरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।