जैविक मल उत्पादक कम्पनी नेशनल बायोटेकले पनि आईपीओ जारी गर्ने

0
Shares

एनआईबिएल एस क्यापिटल लिमिटेड र नेशनल बायोटेक प्रा.ली. बिच सस्ंथागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आईपीओ सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा नेशनल बायोटेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरविन्द्र विक्रम सिजापतिले हस्ताक्षर गरेका हुन् ।

नेशनल बायोटेक प्रा. लि कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भई काठमाडौं नेपालमा सञ्चालन भइरहेको छ । नेशनल बायोटेक प्राइभेट लिमिटेड नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रमाणित अर्गानिक कम्पनी हो, जसले उच्च गुणस्तरको जैविक मल दानेदार रूपमा उत्पादन गर्छ ।

यस कम्पनिको देशभरि १०० भन्दा बढी डिलर र खुद्रा विक्रेताहरू छन् ।यस कम्पनीले आफ्ना ग्राहकहरूलाई उचित मूल्यमा पशु–आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू प्रदान गर्दै आइरहेको छ ।

अनुभवी तथा गुणस्तरीय आयातकर्ता, निर्यातकर्ता र आपूर्तिकर्ताहरूको सहयोगमा यस कम्पनिले विभिन्न दायरा र मोडेलहरूमा पशु–आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू उत्पादन गर्न सक्षम रहेको छ ।

उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले नेशनल बायोटेक प्रा.ली.लाई सर्वसाधारण सेयर निष्काशन पूर्व कम्पनिले गर्नुपर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवा प्रदान गर्नेछ ।

जस अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पूँजी संरचनामा आवस्यक परामर्श दिने, निष्काशन प्रकृया, आकार र मुल्य निर्धारणमा परामर्श दिने र सेयर निष्काशन पूर्व कम्पनिलाई चाहिने आवस्यक परामर्श, मध्यस्थता र कागजात तयारिमा सहयोग गर्ने छ । सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ।

क्यापिटलले संस्थागत परामर्श सेवामार्फत्व्यवसायिक योजना बनाउन व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पूँजी संकलन गर्ने, ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।