यती ब्रुअरीको साढे दुई अर्ब कर्जाको रेटिङ वीथड्रल

0
Shares

रेटिङ एजेन्सी केयर नेपालले यति ब्रुअरीको रेटिङ वीथड्रल गरेको छ ।

यस अघि केयर नेपालले यती ब्रुअरी कम्पनीलाई २ अर्ब ६६ करोड रुपैयाँ बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र ए–३ रेटिङ गरी “इस्सुअर नट कोअपरेटिङ”को सूचीमा कम्पनीलाई सूचीकृत गरेको थियो ।

“इस्सुअर नट कोअपरेटिङ”को सूचीमा राखेको ६ महिना अवधिभरमा कम्पनीबाट कुनै सक्रियता नदेखिएपछि केयरनेपालले रेटिङ वीथड्रल गरेको हो । एजेन्सीले आफूहरुलाई उपलब्ध गराएको कागजातका आधारमा कर्जाका लागि रेटिङ गर्न नसक्ने अवस्थामा पुगेको र कम्पनीलाई सम्पर्क गर्दा समेत कुनै जानकारी नदिएपछि नेपाल धीतोपत्र बोर्डले जारी गरेको रेटिङ नियमहरुको आधारमा रेटिङ वीथड्रल गरेको जनाएको छ ।

एक पटकको रेटिङ समय अवधि ६ महिनासम्मको लागि मात्रै लागू हुन्छ । सो अवधि समाप्त भएपछि कर्जाको रेटिङ पुष्टि गर्नुपर्ने हुन्छ । उक्त रेटिङ परिमार्जन गर्ने समयसम्ममा यती ब्रुअरीको तर्फबाट सहकार्य नभएको खन्डमा रेटिङ एजेन्सीले कुनै पनि कम्पनीको रेटिङ वीथड्रल गर्न सक्छन् ।

यती ब्रुअरी सन २०१३ देखि सञ्चालनमा आएको कम्पनी हो । बिशाल र एभरेष्ट ग्रुपले संयुक्त रुपमा प्रवद्र्धन गरेको यस कम्पनीको प्लान्ट चितवनमा छ । उक्त प्लान्टको उत्पादन क्षमता १ वर्षमा १ करोड ३० लाख लिटर वियर रहेको छ ।

यती ब्रुअरीले मुख्यतयाः बियर उत्पादनलाई प्राथमिकतामा राखेको छ । नेपाली बियर अर्ना पनि यती ब्रुअरीकै उत्पादन हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।