बिहीबार कुन देशको मुद्राको भाउ कति


नेपाल राष्ट्र बैंकले बिहीबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४५ पैसा र बिक्री दर १३२ रुपैयाँ ०५ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७६ पैसा र बिक्री दर ८८ रुपैयाँ १६ पैसा रहेको छ ।

यस्तै आज युरोको भाउ खरिद दर १४२ रुपैयाँ ६७ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेका राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २२ पैसा र बिक्री दर १६२ रुपैयाँ ९६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७५ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ८९ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ०१ पैसा र बिक्री दर ३५ रुपैयाँ १७ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।