सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित, ६ जना संचालक निर्विरोध

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लाभांश पारित भएको छ । बैंकको १८ औं वार्षिक साधारण सभाबाट प्रस्तावित ८.९७ प्रतिशत लाभांश पारित भएको हो ।

बैंकको संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८.५३४ प्रतिशत बोनस सेयर र ०.४४९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

साथै, सोही साधारण सभा मार्फत संस्थापक र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्न ६ जना संचालकहरु निर्विरोध निर्वाचित भएका छन् ।

संस्थापक तर्फबाट उज्जवल सत्याल, सुशिल काजी बानियाँ र सुजन सिद्धि बज्राचार्य निर्वाचित भएका छन् भने सर्वसाधारणको तर्फबाट लिसा शेरचन, गंगा सागर ढकाल र नरेश ढुंङगाना निर्वाचित भएका छन् ।

बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएमबाट बैंकिङ सेवा दिँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।