शिव पार्वती एग्रोले सन् २०२२ मा गर्यो ३१ करोड सञ्चालन आम्दानी

0
Shares

चामल उत्पादक कम्पनीहरुमा नवप्रवेशी शिव पार्वती एग्रोले सन् २०२२मा ३१ करोड सञ्चालन आम्दानी गरेको छ ।

सन् २०१९मा स्थापना भई सन् २०२२को मार्च महिनादेखि चामल उत्पादन सुरु गरेको कम्पनीले एकै वर्षमा ३१ करोड बराबरको सञ्चालन आम्दानी गरेको हो ।

कम्पनीको उद्योग बारा जिल्लाको पसौनीमा अवस्थित छ । उद्योगको धान प्रशोधन क्षमता ४ण् हजार १५० मेट्रिक टन प्रति वर्ष रहेको छ । ‘कमल’, ‘रोशनी’, ‘गोरखनाथ’ र ‘बाँसबारी’ ब्रान्डनामबाट कम्पनीले चामलको बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीमा मनोज कुमार गुप्ताको एकल स्वामित्वमा सञ्चालित छ ।

१ अर्ब बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । ५७ करोड ९७ लाख बराबरको दीर्घकालीन कर्जाका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले डबल बी माइन्स रेटिङ गरेको छ भने ४२ करोड ३ लाख बराबरको अल्पकालीन कर्जाका लागि एजेन्सीले ए४ रेटिङ गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।