मर्मत सम्भारका लागि मनकामना केबुलकार सेवा बन्द रहने

0
Shares

नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको टावर मर्मत सम्भार कार्यको लागि यहि चैत्र २२ गते बुधबार १ दिनको लागि केवुलकार सेवा बन्द हुने भएको छ।

जस अनुसार केवुलकार टावरको मर्मत संभार सकिए लगत्तै यहि चैत्र २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ ।
उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ ।

कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नती गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।