नेशनल लाइफको नयाँ बोनस दर सार्वजनिक, बीमितले प्रतिहजार रु.८५ सम्म पाउने

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । आ.ब २०७८/७९ को बीमांकीय प्रतिवेद नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले विभिन्न बीमा योजनामा बोनस दर प्रति हजार बीमांक रु.६३ देखि रु.८५ निर्धारण गरेको छ । सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार रु.६४, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि प्रति हजार रु.६४, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रति हजार रु.७०, २६ र सो भन्दा माथिका लागि प्रति हजार रु.८५ तोकेको छ ।

त्यस्तै, सावधिक तथा आजिवन बीमालेख अन्तर्गत ९ वर्षदेखि २० वर्ष अवधि सम्मको लागि प्रति हजार रु.६४, २१ देखि २५ वर्षसम्मका लागि प्रति हजार रु.७०, २६ देखि २९ वर्षसम्मका लागि प्रति हजार रु.८५ , ३० र सो भन्दा बढी अवधिका लागि प्रति हजार रु.८५ छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार रु.६३, १० देखि १४ वर्षसम्मका लागि प्रति हजार रु.६३ , १५ देखि १९ वर्षसम्मका लागि प्रति हजार रु.६४, २० र सो भन्दा माथिका लागि प्रति हजार रु.६४ को दरले बोनस दर तोकिएको छ ।

उच्च तथा आकर्षक बोनस दरको कारणले कर्जा/दावी/पूर्ण अवधि सबैमा बढी रकम प्राप्त हुने छ । ठूलो जीवन बीमा कोष भएको यस कम्पनीले अधिकतम प्रतिफल प्रदान गर्दै आफ्ना ग्राहकवर्गहरुलाई लाभान्वित गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।