सोमबार अमेरिकी डलरको भाउ स्थिर, कुन मुद्राको विनिमय दर कति ?


नेपाल राष्ट्र बैंकले सोमबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७० पैसा र बिक्री दर ८८ रुपैयाँ १० पैसा रहेको छ । यस्तै आज युरोको भाउ खरिद दर १४२ रुपैयाँ २० पैसा र बिक्री दर १४२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ८० पैसा र बिक्री दर १६२ रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७३ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ८६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९४ पैसा र बिक्री दर ३५ रुपैयाँ १० पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।