एफएनसीसीआईमा त्रिपक्षीय भिडन्त: ६४ पदका लागि ११९ जना प्रतिस्पर्धामा

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिका लागि चैत २८ र २९ गते निर्वाचन हुँदैछ । महासंघको चुनावमा ६४ पदमा प्रतिस्पर्धाका लागि चैत २१ गते मंगलबार ११९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेउवा महासंघ निर्वाचन समितिको कार्यालय टेकुले सार्वजनिक गरेको विवरण अनुसार पदमाभन्दा करिब दोब्बर संङ्ख्यामा उम्मेदवारी परेको हो । महासंघको विद्यान अनुसार अध्यक्षमा हालका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल स्वतः हुनेछन् । बाँकी ६४ पदका लागि निर्वाचन हुनेछ ।
महासंघमा उम्मेदावरी दिएका ११९ जनामध्ये ६ जनामात्र महिला रहेका छन् । जुन ५ प्रतिशत मात्र हो ।

वरिष्ठ उपाध्यक्षमा त्रिपक्षिय भीडन्त हुँदै

दर्ता भएको उम्मेदवार अनुसार एक पदका लागि हुने वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेद्वारी परेको छ । वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्षहरु अन्जन श्रेष्ठ र रामचन्द्र संघाई तथा उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

नाडा अटोमोवाइल्स एशोसियशन नेपालको तर्फबाट कास्कीका ५३ वर्षिय अन्जन श्रेष्ठ र त्रिवेणी स्पिनिङ्ग मिल्सको तर्फबाट प्रतिनिधत्व गर्दै काठमाण्डौंका ६२ वर्षिय रामचन्द्र संघाई तथा क्वेष्ट फर्मास्यूटिकल्सको तर्फबाट प्रतिनिधित्व गर्दै काठमाण्डौंका ६६ वर्षिया उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

तीन उपाध्यक्षका लागि आठको उम्मेदवारी

तीन जना उपाध्यक्ष पदका लागि आठ जनाको उम्मेदवारी परेको छ । जसमा उद्योग वाणिज्य समुह अन्तर्गत सुरकृष्ण वैद्य, अरूणराज सुमार्गी र दिनेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंको तर्फबाट मनोमनयन दर्ता गराएका ६५ वर्षिया श्रेष्ठ हालका पनि उपाध्यक्ष हुन् भने वैद्य र सुमार्गी नयाँ प्रतिस्पर्धामा उत्रिएका हुन् । ५८ वर्षिया वैद्यले काभ्रे उद्योग वाणिज्य तर्फबाट प्रतिनिधित्व गर्दछन् भने मकवानपुर उद्योग वाणिज्य संघका सुमार्गी पनि उपाध्यक्ष चयन हुने प्रतिस्पर्धामा उत्रिएका छन् । उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका सुमार्गीको उमेर ५६ वर्ष रहेको छ ।

यस्तै वस्तुगत उपाध्यक्षतर्फ सकुन्तलाल हिराचन, मनिषलाल प्रधान र हेमराज ढकालले उम्मेदवारी दिएका छन् । हिराचनले कम्प्लेक्स डेभलपर लिजर एशोसिएसनको तर्फबाट, प्रधानले नेपाल रत्न तथा आभुषण संघ तथा ढकालले

नेपाल चिया उत्पादक संघको तर्फबाट प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गराएका हुन् । हालका कोषध्यक्ष समेत रहेका हिराचनको उमेर ६५ वर्ष, प्रधानको ५४ र ढकालको ५५ वर्ष रहेको छ ।

त्यसैगरी एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र भरतराज आचार्य प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा श्रेष्ठ र आचार्य दुबै एसोसिएट सदस्यको रुपमा निर्वाचित भएका थिए । हाल ५९ वर्षिया श्रेष्ठ पर्यटन तथा हवाई यातायात समिति तथा ४४ वर्षिया आर्चाय उद्योग समितिको अध्यक्ष रहेका छन् ।

उद्योग वाणिज्य समुह (जिल्ला नगर), बस्तुगत समुह र एशोसियट समुहबाट एक एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।

प्रदेश अन्तर्गत ७ सदस्य पदका लागि १५ जनाको उम्मेदवारी

महासंघको प्रदेश अन्तर्गत निर्वाचन हुने ७ पदको कार्यकारिणी सदस्यका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा कोशी र कर्णली प्रदेशमा ३–३ जनाका दरले, मधेश, वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा २–२ जनाको दरले उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशमा भने एक जनाको मात्र उम्मेदवारी परेपछि जम्शेर मिया निर्विरोध निर्वाचित भएका छन् । चन्द्रौटा उद्योग वाणिज्य संघबाट प्रतिनिधित्व गर्ने अर्घाखाँचीका मियाको उमेर ५१ वर्षको रहेको छ ।

कोशी प्रदेशबाट महासंघको सदस्यका लागि प्रतिनिधित्व गर्न उद्योग वाणिज्य संघबाट इटहरीको तर्फबाट सुनसरीका टंक प्रसाद दुलाल, मेची उद्योग वाणिज्य संघको तर्फबाट झापाका नरेन्द्र कुमार खड्का र ताप्लेजुङ्ग उद्योग वाणिज्य संघको तर्फबाट तारानाथ घिमिरे सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । दुलालको उमेर ५५ वर्ष, खड्काको ५४ र घिमिरेको ६१ वर्ष रहेको छ ।

यस्तै मधेश प्रदेशबाट महासंघको केन्द्रीय सदस्यका लागि महोत्तरी उद्योग वाणिज्य संघको तर्फबाट महोत्तरीका विजय कुमार शाह र सप्तरी उद्योग वाणिज्य संघको तर्फबाट राजविराजका अरुण कुमार प्रधान सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । शाहको उमेर ४९ वर्ष र प्रधानको ६० वर्ष रहेको छ ।

वागमती प्रदेशबाट महासंघको केन्द्रीय सदस्यका लागि झक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट कृष्ण प्रसाद अवाल र ललितपुर उद्योग वाणिज्य संघको तर्फबाट सबिन श्रेष्ठ सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । अवालको उमेर ६२ वर्ष र श्रेष्ठको ४८ वर्ष रहेको छ ।

यसैगरी गण्डकी प्रदेशबाट महासंघको केन्द्रीय सदस्यका लागि गोरखा उद्योग वाणिज्य संघको तर्फबाट जीवनज्योति श्रेष्ठ र वाग्लुङ्ग उद्योग वाणिज्य संघको तर्फबाट युवराज राजभण्डारी सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । श्रेष्ठको उमेर ५६ वर्ष र राजभण्डारीको ५० वर्ष रहेको छ ।

त्यस्तै कर्णाली प्रदेशबाट महासंघको केन्द्रीय सदस्यका लागि प्रतिनिधित्व गर्न डोल्पा उद्योग वाणिज्य संघको तर्फबाट लिलिमान बुढा, सुर्खेत उद्योग वाणिज्य संघको तर्फबाट धनबहादुर रावत क्षेत्री र दैलेख उद्योग वाणिज्य संघको तर्फबाट कुल बहादूर विश्वकर्मा केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । प्रत्याशी बुढाको उमेर ४९ वर्ष, क्षेत्रीको ५८ वर्ष र विश्वकर्माको ६१ वर्ष रहेको छ ।

सुदूरपश्चिम प्रदेशबाट महासंघको केन्द्रीय सदस्यका लागि टिकापुर उद्योग वाणिज्य संघको तर्फबाट राम बहादुर भण्डारी र कञ्चनपुर उद्योग वाणिज्य संघको तर्फबाट जंग बहादुर मल्ल सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । भण्डारीको उमेर ४० वर्ष र मल्लको ४४ वर्ष रहेको छ ।

संस्थापक समुहबाट न्यौपाने र ढकालको प्रतिस्पर्धा

महासंघको केन्द्रीय सदस्यका लागि संस्थापक समुहको तर्फबाट भीष्म प्रसाद न्यौपाने र टिकाराज ढकाल प्रतिस्पर्धामा उत्रिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघको तर्फबाट ५५ वर्षिया न्यौपाने र झापा उद्योग वाणिज्य संघको तर्फबाट ५९ वर्षिया ढकाल सदस्यका लागि मैदानमा रहेका छन् ।

वस्तुगतबाट १४ केन्द्रिय सदस्यका लागि २८ को उम्मेदवारी

महासंघको वस्तुगत संघ तर्फबाट १४ जना केन्द्रिय सदस्यका लागि दुई महिला सहित २८ जनाको उम्मेदवारी परेको छ । जसमा काठमाण्डौंको मात्रै ११ जना रहेका छन् । ललितपुर, नुवाकोट, चितवन निवासी २/२ जनाले उम्मेदवारी दर्ता गराउँदा धादिङ्ग, सिन्धुपाल्चोक, पर्वत, इलाम, काभ्रे, अर्धाखाँची, सुनसरी, सिराह, मकवानपुर, पर्सा, कास्कीका एक/एक जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारीको नामावली यसप्रकार रहेका छन्ः–

 क्र.सं.

 

                   उम्मेदवारको विवरण

प्रतिनिधित्व गर्ने संस्थाको नाम

 

   नाम

 ठेगाना

 उमेर

 लिङ्ग

शिव प्रसाद घिमिरे

काठमाडौं

६५

पुरुष

नेपाल एलपी ग्याँस उद्योग संघ

ऋतेश लामिछाने

काठमाडौं

३७

पुरुष

नेपाल सामान ढुवानी संघ

शोभा ज्ञावाली

काठमाडौं

५५

महिला

नेपाल महिला उद्यमी महासंघ

नरेशलाल श्रेष्ठ

सिन्धुपाल्चोक

५२

पुरुष

नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघ

भक्त बहादुर हमाल

चितवन

५१

पुरुष

रसायन तथा मेडिकल आपुर्ति संघ

नवराज कुंवर

पर्वत

५२

पुरुष

नेपाल कम्प्यूटर एशोसिशन नेपाल, महासंघ

महेन्द्र बहादुर चित्रकार

ललितपुर

६०

पुरुष

नेपाल ईट्टा उद्योग महासंघ

अशोक शर्मा

काठमाडौं

६०

पुरुष

नेपाल चलचित्र निर्माता संघ

राजकुमार कार्की ‘राजु’

इलाम

५०

पुरुष

नेपाल अलैंची व्यवसायी संघ

१०

मनोज अधिकारी

काठमाडौँ

५०

पुरुष

नेपाल फ्रेट फर्वाडर एशोसिएशन

११

दिनेश कुमार चुके

चितवन

६२

पुरुष

होटल व्यवसायी महासंघ

१२

ध्रुव बहादुर गौतम

काभ्रे

३३

पुरुष

नेपाल नेपाल बोटल वाटर उद्योग संघ

१३

इन्द्र खनाल

अर्घाखांची

४३

पुरुष

नेपाल सौर्य विद्युत उत्पादक संघ

१४

रविन पुरी

काठमाडौं

५१

पुरुष

नेपाल दाना उद्योग संघ

१५

अरनिको राजभण्डारी

काठमाडौं

५०

पुरुष

रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल (रेवान)

१६

खुम बहादुर सुवेदी

धादिङ्ग

५०

पुरुष

ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल

१७

खोजराज कटुवाल

धरान,सुनसरी

५१

पुरुष

नेपाल कृषि मेशिनरी व्यवशायी संघ

१८

देवेन्द्र खड्का

काठमाडौं

४६

पुरुष

नेपाल कुरियर सेवा संघ

१९

लिलेन्द्र प्रसाद प्रधान

काठमाडौं

५१

पुरुष

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन

२०

रामेश्वर शाह

सिराह

५७

पुरुष

नेपाल श्रमिक आपुर्तिकर्ता संघ

२१

मीनमान श्रेष्ठ

काठमाडौं

५९

पुरुष

नेपाल जग्गा तथा आवास विकास संघ

२२

कमला श्रेष्ठ

ललितपुर

६५

महिला

सौन्दर्यकला व्यवसायी संघ, नेपाल

२३

नानीराज घिमिरे

मकवानपुर

५३

पुरुष

फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपाल

२४

किरण कुमार डंगोल

काठमाडौं

५६

पुरुष

नेपाल हाते कागज संघ

२५

डा.सुबोध कुमार गुप्ता

पर्सा

४८

पुरुष

नेपाल चामल, तेल, दाल उद्योग संघ

२६

हरिबहादुर कार्की

कास्की

५७

पुरुष

नेपाल निर्यात परिषद् 

२७

अच्युत गुरागाई

नुवाकोट

५५

पुरुष

नेपाल एशोसिएशन अफ टुरएण्ड ट्राभल एजेन्टस

२८

पशुपतिदेव पाण्डे

नुवाकोट

४१

पुरुष

नेपाल तयारी पोशाक उद्योग संघ

 

उद्योग वाणिज्यबाट १८ सदस्य पदका लागि ३२ जनाको उम्मेदवारी

निर्वाचन समितिका अनुसार उद्योग वाणिज्य संघतर्फ १८ जना केन्द्रीय सदस्यका लागि एक महिला सहित ३२ जनाले उम्मेदवारी दिएका छन् । जसमा ३७ देखि ६९ वर्षसम्मका उम्मेदवार रहेका छन् ।

उम्मेदवारीको नामावली यसप्रकार रहेका छन्ः–

 क्र.सं.

 

                          उम्मेदवारको विवरण

प्रतिनिधित्व गर्ने संस्थाको नाम

 

    नाम

  ठेगाना

   उमेर

लिङ्ग

केशव प्रसाद भण्डारी

नवलपरासी

४७

पुरुष

नवलपरासी (ब.सु.प) उवासंघ

उमेश डालमिया

सुनसरी

५७

पुरुष

झापा उद्योग वाणिज्य संघ

पुष्पराज कुंवर

कैलाली

४४

पुरुष

कैलाली उवासंघ

अब्दुल वाहिद मन्सुरी

बाँके

४९

पुरुष

नेपालगञ्ज उवासंघ

मोहन प्रसाद श्रेष्ठ

पाल्पा

५१

पुरुष

पाल्पा उवासंघ

बेद बहादुर श्रेष्ठ

सिन्धुपाल्चोक

५०

पुरुष

सिन्धुपाल्चोक उवासंघ

लक्ष्मण राज पौडेल

बर्दिया

४४

पुरुष

कोहलपुर उवासंघ

कल्पना गैरे

पाल्पा

३७

महिला

दार्चुला उवासंघ

तारा बहादुर कार्की

नुवाकोट

६५

पुरुष

नुवाकोट उवासंघ

१०

रामेश्वर मानन्धर

दोलखा

५५

पुरुष

दोलखा उवासंघ

११

अनिल कृष्ण श्रेष्ठ

चितवन

५५

पुरुष

रत्ननगर उवासंघ

१२

गणेशप्रसाद लाठ

पर्सा

५८

पुरुष

वीरगञ्ज उवासंघ

१३

अमरेश चन्द्र बैदार

सिन्धुली

४८

पुरुष

सिन्धुली उवासंघ

१४

प्रयास कार्की

उदयपुर

४१

पुरुष

उदयपुर उवासंघ, कटारी

१५

मन्जु कुमार श्रेष्ठ (कोजु)

काभ्रेपलाञ्चोक

५२

पुरुष

धुलिखेल उवासंघ

१६

गोकुल श्रेष्ठ

झापा

४४

पुरुष

दमक उवासंघ

१७

निरक केसी.

सुर्खेत

६२

पुरुष

सुर्खेत उवासंघ

१८

दिपक नेपाल

पाँचथर

४३

पुरुष

पाँचथर उवासंघ

१९

बोदनाथ दुवाडी

धादिङ्ग

५४

पुरुष

धादिङ्ग उवासंघ

२०

किशोर कुमार आचार्य

रोल्पा

४९

पुरुष

रोल्पा उवासंघ

२१

पिताम्बर जोशी

कन्चनपुर

४४

पुरुष

कन्चनपुर उवासंघ

२२

छत्रधर आत्रेय

कास्की

४७

पुरुष

लेखनाथ उवासंघ

२३

मदन लाल जोशी

ललितपुर

६२

पुरुष

उद्योग वाणिज्य संघ चितवन

२४

अशोक लाल अमात्य

मोरङ्ग

६६

पुरुष

जिल्ला उद्योग वाणिज्य संघ,लहान,सिराहा

२५

कृष्ण कुटवाल

मकवानपुर

४९

पुरुष

मकवानपुर उवासंघ

२६

राजेन्द्र साह

सुनसरी

६५

पुरुष

सुनसरी उवासंघ

२७

नविन रिजाल

मोरङ्ग

५४

पुरुष

मोरङ्ग व्यापार संघ

२८

धर्मराज बसेल

नवलपरासी

४३

पुरुष

देवचुली उवासंघ

२९

चन्द्र बहादुर भट्टराई (भरत)

मोरङ्ग

५३

पुरुष

उर्लाबारी उवासंघ

३०

मनोज बहादुर न्याछ्यों

ललितपुर

५६

पुरुष

ललितपुर उवाकसंघ

३१

विक्रान्त कुमार श्रेष्ठ

स्याङ्गजा

४७

पुरुष

स्याङ्गजा जिल्ला उवासंघ

३२

उज्ज्वल प्रसाद कसजु

पाल्पा

५८

पुरुष

बुटवल उवासंघ

 

एसोसिएटतर्फ १९ केन्द्रीय सदस्यका लागि ३० भिड्दै

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट समुहको तर्फबाट निर्वाचित हुने १९ महासंघको केन्द्रीय सदस्यका लागि ३० जना चुनावी मैदानमा उत्रिएका छन् । यस समुहको चुनावका लागि काठमाण्डौंका मात्रै ११ जना रहेका छन् । यस्तै ललितपुरबाट ३ जना, पर्साका २ तथा काभ्रे, अर्घाखाँची, रामेछाप, चितवन, धादिङ्ग, गुल्मी, सिन्धुपाल्चोक, सुनसरी, कास्की, मोरङ्ग, धनकुटा, बर्दिया, स्याङ्जा, रुपन्देही जिल्लाबाट एक/एक जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारीको नामावली यसप्रकार रहेका छन्ः–

क्र.सं.

 

                    उम्मेदवारको विवरण

प्रतिनिधित्व गर्ने संस्थाको नाम

 

     नाम

   ठेगाना

 उमेर

 लिङ्ग

राजेश कुमार अग्रवाल

रुपन्देही

५०

पुरुष

अर्घाखाँची सिमेन्टस प्रालि

उज्ज्वल कुमार श्रेष्ठ

ललितपुर

४०

पुरुष

पञ्चकन्या कन्क्रिट प्रिमिक्स प्रालि

सुनिल नारायण श्रेष्ठ

स्याङ्जा

४३

पुरुष

नारायण इण्डष्ट्रिज प्रालि

निराजन बहादुर चलाउने

बर्दिया

३७

पुरुष

शान्भी ईन्टरनेशनल कम्पनी प्रालि

ऋषि अग्रवाल (चैनवाला)

काठमाण्डौं

४९

पुरुष

रिलायन्स सिमेन्ट प्रालि

हेमन्त गोल्छा

काठमाण्डौं

५३

पुरुष

हुलास रेमिटान्स प्रालि

आनन्द कुमार अग्रवाल (बगडिया)

काठमाण्डौं

५१

पुरुष

निम्बस होल्डिङ्स प्रालि

अम्बिका प्रसाद पौडेल

काठमाण्डौं

५१

पुरुष

स्काईटच इन्भेष्टमेन्ट एण्ड कन्सल्टेन्ट प्रालि

शक्ति कुमार बेगानी

काठमाण्डौं

५४

पुरुष

गणपति ज्वेलर्स नेपाल प्रालि

१०

शैलेन्द्र गुरागाई

धनकुटा

५६

पुरुष

ङादी ग्रुप पावर लिमिटेड

११

अविनाश बोहरा

मोरङ्ग

५५

पुरुष

एभरेष्ट सोलभेन्ट प्रालि

१२

राज्यलक्ष्मी महर्जन (शाक्य)

काठमाण्डौं

४७

महिला

मनकामना काफ्ट एण्ड क्रियसन

१३

जूना माथेमा

काठमाण्डौं

४४

महिला

ब्लिज मिडिया प्रालि

१४

मुकुन्द प्रसाद तिमिल्सिना

काठमाण्डौ

६३

पुरुष

सूर्यतारा इन्भेष्टमेन्ट प्रालि

१५

भरत रानाभाट

कास्की

४२

पुरुष

कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटि प्रालि

१६

सन्दिप कुमार अग्रवाल

काठमाण्डौं

५०

पुरुष

श्री शिवशक्ति घ्यू उद्योग प्रालि

१७

रतन लाल केडिया

पर्सा

६३

पुरुष

सुशिल वनस्पति प्रालि

१८

मनोज पौडेल

ललितपुर

३२

पुरुष

टेली मार्क प्रालि

१९

देशबन्धु बस्नेत

सुनसरी

४४

पुरुष

एबि ईन्भेष्टमेन्ट होल्डिङ्ग प्रालि

२०

राम शरण भण्डारी

सिन्धुपाल्चोक

४५

पुरुष

हस्पिटल फर एण्ड एडभान्स मेडिसिन एण्ड सर्जरी प्रालि

२१

चिराग गोयल

काठमाण्डौ

२९

पुरुष

एएसि ब्लक्स इण्डष्ट्रिज प्रालि

२२

शुसिल थापा

गुल्मी

४५

पुरुष

साहस उर्जा लिमिटेड

२३

कृष्ण लाल महर्जन

ललितपुर

५४

पुरुष

क्लासिक डायमण्ड ज्वेलर्स प्रालि

२४

डा. राम शरण थपलिया

धादिङ

४८

पुरुष

सफिसियन्ट कन्सल्टेन्सी

२५

प्रवलजङ्ग पाण्डे

काठमाण्डौ

५१

पुरुष

लोमस फर्मास्यूटिकल्स प्रालि

२६

हरि प्रसाद पाठक

चितवन

६९

पुरुष

ॐ ग्यास उद्योग प्रालि

२७

बाबुकाजी कार्की

रामेछाप

४७

पुरुष

बुढानिलकण्ठ हेरिटेज प्रालि

२८

गोपाल खनाल

अर्घाखाँची

५७

पुरुष

नेपाल मेगा कलेज एण्ड रिसर्च सेन्टर प्रालि

२९

विजय सिंह वैद्य

पर्सा

५७

पुरुष

नेपाल शालिमार सिमेन्ट प्रालि

३०

चन्द्र प्रसाद ढकाल

काभ्रे

४२

पुरुष

एसएमई कन्स्ट्रक्सन प्रालि

 

द्धिराष्ट्र उद्योग वाणिज्यबाट केसी निर्विरोध

महासंघको केन्द्रीय सदस्यमा द्धिराष्ट्र उद्योग वाणिज्य संघबाट दाङका सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । ३१ वर्षिया केसी नेपाल भारत उद्योग वाणिज्य संघको तर्फबाट प्रतिनिधित्व गर्दछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।