सोमबार कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?


नेपाल राष्ट्र बैंकले सोमबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज सोमबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १८ पैसा र बिक्री दर ८७ रुपैयाँ ५८ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

आज युरोको भाउ खरिद दर १४२ रुपैयाँ ४७ पैसा र बिक्री दर १४३ रुपैयाँ १३ पैसा रहेको छ । यता बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २९ पैसा र बिक्री दर १६३ रुपैयाँ ०३ पैसाका कारोबार भइरहेको छ ।

यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ६९ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ८३ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८४ पैसा र बिक्री दर ३५ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।