इन्टरनेट सेवा र यस क्षेत्रलाई व्यवस्थित बनाउने निर्णय

0
Shares

इन्टरनेट सेवा प्रदायकले इन्टरनेट सेवा गुणस्तरमा सुधार गर्दै इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई अझ व्यवस्थित एवं गरिमामय बनाउने जाने निर्णय गरेको छ।

इन्टरनेट सेवा प्रदायकहरुका बीच सहकार्य गर्न इन्टरनेट सेवा प्रदायक संघले होटल शंकरमा सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशकसहित छलफल गरेको थियो।

आईस्पानले नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको लक्ष्यलाई आत्मसात् गरी विश्व मापदण्डअनुसार सेवा गुणस्तरमा सुधार गर्दै जाने निर्णय गरेको छ।

इन्टरनेट सेवा र यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउन इन्टरनेट सेवा प्रदायकहरुले हातेमालो गर्दै अघि बढ्ने बताएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसँग इन्टरनेट क्षेत्रलाई व्यवस्थित एवं गरिमामय बनाउनका लागि आवश्यक छलफल गर्दै जाने निर्णय भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।